१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

मध्यपहाडमा धमाधम पुल मर्मत

योजना कार्यालयले संरक्षणको कार्यक्रम गरेको पुलहरु। तस्विर: गोविन्द केसी/नागरिक

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखले पुराना तथा जिर्ण भएका पुलहरुको धमाधम मर्मत तथा संरक्षणको कामहरु गरिरहेको छ।

कालोपत्रेको काम अन्तिम चरणमा पुग्न लाग्दा योजना कार्यालयले निर्माण गरेको पुरानो पुलहरु टिकाउ राख्नका लागि मर्मतको काम अघि बढाएको हो।

बाढी पहिरोले पुलको पिल्लरको फाउन्डेसनको कटान गरि जिर्ण भएको भागहरुमा संरक्षणका लागि कामहरु गरेको छ। कार्यालयबाट ईन्जिनियरहरुकै निगरानीमा गणस्तरिय काम भएनभएको हेर्ने समेत गरिएको छ। यसरी काम गर्दा पुलको आयू बढी हुने भएपछि स्थानीयहरु समेत खुसी छन्। आयोजनाले आफुले बनाएको संरचनाहरु बढी टिकाउ होस् भनेर बेलाबेला गरिने मर्मत संम्भारले दिगो विकासमा टेवा पुग्ने स्थानीयहरुको भनाइ छ। दैलेख सदरमुकाम आसपासमा कालोपत्रेको काम समेत अन्तिम चरणमा पुगेको योजना कार्यालयले जनाएको छ।

बाढीले गर्दा जिर्ण भएको पुलको मर्मत, पिल्लर संरक्षण र रंग लगाउने काम गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालयका निमित्त योजना प्रमुख देवेन्द्र भटटाईले बताए। पुराना पुलहरुको मर्मत तथा पुलको आसपास लामो समयदेखि कटान भएको भागहरुको संरक्षणका कामहरु भटराईले बताए। अहिले योजना कार्यालयले लोहोरे खोला पुल, छामघाट खोला पुल, पादुका खोला पुल, रामघाट खोला पुल र चिने खोला पुलमा मर्मत तथा रंग लगाउने गर्ने काम गरिरहेको छ। सान तीला कन्स्टक्सन एण्ड सप्लायर्स सुर्खेले १ करोड २० लाखमा पुल मर्मतसभ्भार तथा रंग लगाउने कामहरु गरेको हो।  

प्रकाशित: १३ वैशाख २०८० ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App