११ कार्तिक २०८१ आइतबार
image/svg+xml

भयावह बन्दै भक्तपुरमा कोरोना भाइरस

भक्तपुरमा पछिल्लो दिनहरुमा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ। चार वटा नगरपालिकाहरुमध्ये काठमाडौंसँंग जोडिएको यहाँंको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा समुदायस्तमै कोरोना संक्रमण भएको भन्दै चिन्ता व्यक्त गर्न थालिएकाे छ।

थप ७ सय ४३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमितत पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार २५ जनामा गरिएको परीक्षणमा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जना पुगेको छ ।

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपिडी र वार्ड सिल

रसुवाको जीवजीवे ग्रामीण अस्पतालका एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालको ओपिडी र वार्डहरू सिल गरिएको छ। आइतबार २७ वर्षीय महिला स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो।

प्रदेश २: प्रहरीमा संक्रमणको बढ्दो ग्राफ

प्रदेश २ मा कोरोना संक्रमणको ग्राफ बढेसँगै संक्रमित हुने प्रहरीको संख्या पनि ह्वात्तै बढेको छ । यस प्रदेशमा संक्रमण हुने प्रहरीको संख्या १ सय २६ पुगेको छ ।

जीवजीवे ग्रामीण अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

रसुवाको जीवजीवे ग्रामीण अस्पतालका एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी २७ वर्षीय महिला हुन् । उनलाई अस्पतालमा काम गर्ने क्रममा नै कोरोना संक्रमण भएको हो ।

थप ८१८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमितत पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले ८ हजार २६ जनामा गरिएको परीक्षण मा २२० महिला र ५९८ जना पुरुषसहित ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

प्रदेश १ मा थपिए १ सय २ कोरोना संक्रमित

प्रदेश १ मा शनिबार १ सय २ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो।

थप ६३४ जनामा कोरोना संक्रमण

नेपालमा शनिबार थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ५१९ जनाको पीसीआर परीक्षणमा ६३४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण

उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।

औद्योगिक क्षेत्रका मजदुरमा फैलिँदै संक्रमण

सुनसरीको औद्योगिक कोरिडोर क्षेत्र दुहवी उद्योगमा काम गर्ने मजदुरमा एकपछि अर्को गर्दै कोरोना संक्रमण पुष्टि हुने क्रम बढेको छ। दुहवीमा समुदायस्तरमा कोरोना भाइरस (कोभिड–१९) फैलिँदै गएपछि केही मजदुरको पिसिआर परीक्षण गर्दा १० जनाको पोजेटिभ पुष्टि भएको हो।

थप ७०७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ८ सय ३२ पिसिआर परीक्षणमा ७०७ जनामा संक्रमण देखिएको हो।

उपमेयरद्वारा स्वाब परीक्षण इन्कार

रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नुरजहाँ खातुनले परीक्षणका लागि स्वाब दिन नमान्दा स्थानीय स्थानीय त्रसित बनेका छन् ।

श्रीमान् कोरोना संक्रमित, उपमेयरले पिसिआर परीक्षण गराउन मानिनन्

रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुनले कोरोना परीक्षणको लागि स्वाब दिन नमान्दा स्थानीयमा त्रासको वातावरण सिर्जना भएको छ। उपमेयर खातुनका श्रीमान् नसरुदीन अन्सारीमा कोरोना संक्रमण पुष्टि भएपछि पनि उपमेयर खातुनले आफ्नो कोरोना परीक्षण नमानेकी हुन्।

कोरोना संक्रमणबाट तनहुँकी एक महिलाको निधन

तनहुँको व्यास नगरपालिका १ की ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। पोखराको कास्की सेवा अस्पतालमा आज राति उनको निधन भएको अस्पतालका प्रबन्ध निर्देशक डा. पदम खड्काले जानकारी दिए। उनमा कोरोना पोजेटिभ रहेको रिपोर्ट भने मंगलवार बिहान मात्रै आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्