२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ठूलीआमासहित तीन जनामाथि युवकले गरे धारिलाे हतियार प्रहार

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका ८स्थित याम्फुदिन तारतुम बस्ने २२ बर्षिय लाक्पा भोटेले छिरिङडाँडा बस्ने आफ्नै ठूली आमा र उनका २ छोरा गरी ३ जनामाथि धारिलो हतियार प्रहार गरेका छन्।

प्रहरीकै अगाडि हतियार फ्याँक्ने अझै फरार

प्रहरीकै अगाडि हातहतियार फ्याँकेर भाग्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । सवारी जाँच गर्ने क्रममा काठमाडौंको कमलादीमा आज बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले गाडीको पिछा गरेको थियो । त्यसपछि बाटोमै कपडाको झोला फ्याँकेर गाडी भाग्यो । त्यो गाडी कहाँ गयो भन्ने कुरा प्रहरीले साँझसम्म पत्ता लगाउन सकेको छैन ।

सुनसरीमा प्रहरी र हतियारधारी समूहबीच गोली हानाहान

सुनसरीको दक्षिणी सिमावर्ती क्षेत्रमा गए राती हतियारधारी समूह र प्रहरीबीच गोली हानाहान भएको छ। राती करिब पौने ९ बजे भएको उक्त घटनामा प्रहरीको गोली लागेर २ जना घाइते भएका छन्।

सैन्य विभाग प्रमुखविरुद्ध हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान सुरू

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख नन्दबहादुर बोहरा ‘जोखिम’ विरुद्ध प्रहरीले हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान अघि बढाएको छ । पहिलो चरणमा हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।

अवैध हतियारसहित पक्राउ

अवैध हतियार पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुुर महानगरपालिका–११ का २० वर्षीय सुजन सुनार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनलाई गणेशस्थानबाट पक्राउ गरिएको हो ।

करोडौंका उपकरण किन्ने निर्णय गोप्य

नेपाल प्रहरीले चार वर्षदेखि आवश्यक हतियार किन्न सकेको छैन। हतियार किन्न नसकेका बेला तत्काल नभए पनि हुने वाटर क्यानन र सिमुलेटर किन्ने निर्णयमा पुग्न प्रधानमन्त्री र गृहमन्त्रीलाई कसले उक्सायोे भन्ने प्रश्न उठेको छ। पाँचवटा सिमुलेटर र एउटा वाटर क्यानन किन्ने निर्णय गोप्य राखिएको छ।

अवैध हतियारसहित एक शिकारी पक्राउ

लकडाउनको मौका छोपी वनमा अवैध चोरी शिकारीमा संलग्न भएको आरोपमा कपिलवस्तुमा अवैध बन्दुकसहित एक शिकारी पक्राउ परेका छन् । शुक्रबार दिउँसो वाणगंगा न.पा २ अन्र्तगत मायादेवी साझेदारी वन क्षेत्र को पिपराव्लकको कम्पार्टमेन्ट नं ५ मा पर्ने वनभित्र विना इजाजत हातहतियारसहित वन्यजन्तु शिकार खेलीरहेको अवस्थामा आर्घाखाचीको सितगंगा नगरपालिकाका ३८ वर्षिय दिलबहादुर सिन्जापति पक्राउ परेका थिए ।

रौतहटमा अवैध हतियारको कारोबार बढ्दो

रौतहटमा अवैध हतियारको कारोबार बढेको देखिएको छ। एक हस्ता तीन जना अवैध हातहतियार कारोवारी नै पक्राउ पर्नुले रौतहटमा अवैैध हतियारको खरिद बिक्री बढेको पाइएको हो।

हतियारसहित दुई जना पक्राउ

प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। गढिमाइ नगरपालिका वडा नम्बर ६ स्थित बागमति पुलबाट दुर्इ जनालाई पक्राउ गरेको हो।

घरेलु हतियारसहित एक युवक पक्राउ

डोल्पामा घरेलु हतियारसहित एक जना युवक पक्राउ परेका छन्। ठूलीभेरी नगरपालिका–४ तिप्ला घर भएका २८ वर्षिय खड्कबहादुर रोकायालाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो।

वन्यजन्तु चोरी शिकारीमा संलग्न ७ जना हतियारसहित पक्राउ

वन्यजन्तु चोरी शिकारीमा संलग्न ७ जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराको सक्रियतामा अवैध घरेलु एक नाले बन्दुकसहित ७ जनालाई पक्राउ गरेको हो। पक्राउ गरेकालाई प्रहरीले वन्यजन्तुका छाला, हतियारसहित सार्वजनिक गरेको छ।

‘एम–१६’ हतियार खरिदको अन्तिम चरणमा सेना

खरिद प्रक्रियाका कारण लामो समयदेखि अलमल भइरहेको अमेरिकी एम–१६ हतियार खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाली सेनाले जनाएको छ।

न्यायाधीशको अंगरक्षकको हतियार हराउँदा...

उच्च अदालतकी न्यायाधीशको सुरक्षार्थ खटिएकी महिला सुरक्षाकर्मीको हतियार लिएर उनका प्रेमी फरार बनेका छन् । जनकपुरस्थित उच्च अदालतकी न्यायाधीश शकुन्तला घिमिरेकी सुरक्षा गार्ड प्रहरी जवान रनिताकुमारी केवटको हतियार लिएर उनका प्रेमी सिवेन्द्र यादव सोमबार बेलुकादेखि फरार बनेका हुन् ।

अवैध हतियार बोक्ने पूर्वप्रहरी सहित तीन जना पक्राउ

रौतहटमा सशस्त्र प्रहरीले अवैध हातहतियार सहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पूर्वप्रहरी, डाँका र अपराधिक पृष्ठभूमिका मान्छेहरु रहेको प्रहरीले बताएको छ। मंगलबार राती ११ बजेको समयमा भारतीय नम्बरको मोटरसाइकलमा तीन जना हतियार सहित जाँदै गरेको सूचनाको आधारमा सशस्त्र प्रहरी बेस क्याम्प फतुवाको टोलीले राजपुर नगरपालीका ३ आजाद चौकबाट पक्राउ गरेको हो।

अवैध हतियारको सकसमा मधेस

समयअन्तरमा सशस्त्र समूहको गतिविधि मधेसमा केही कम भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन। घरमा अवैध हतियार राखेर छिमेकीमाझ गर्व अनुभव गर्ने मनोविज्ञान हुर्किंदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्