२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अवैध हतियार बोक्ने पूर्वप्रहरी सहित तीन जना पक्राउ

रौतहट-रौतहटमा सशस्त्र प्रहरीले अवैध हातहतियार सहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पूर्वप्रहरी, डाँका र अपराधिक पृष्ठभूमिका मान्छेहरु रहेको प्रहरीले बताएको छ।

मंगलबार राती ११ बजेको समयमा भारतीय नम्बरको मोटरसाइकलमा तीन जना हतियार सहित जाँदै गरेको सूचनाको आधारमा सशस्त्र प्रहरी बेस क्याम्प फतुवाको टोलीले राजपुर नगरपालीका ३ आजाद चौकबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा बारा जिल्ला सुर्वण गाउँपालिका ६ का ३७ वर्षिय उमेश्वर प्रसाद यादव, रौतहट परोहा नगरपालीका ४ का ६६ वर्षिय छोटेलाल साह र परोहा ६ का ३८ वर्षिय रामअधार साह रहेका छन्। उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोली वरामद गरिएको छ।

उनीहरु बिआर ०५ एम ७३५३ भारतीय नम्बरको मोटरसाइकलमा सवार थिए। उनीहरुलाई नियन्त्रणमा लिने क्रममा यादवले आफु प्रहरी भएको बताएर उम्किन खोजेका थिए। हतियार सहित पक्राउ गरेका मध्ये यादव पूर्वप्रहरी, छोटेलाल हातहतियार मुद्दामा सजाय भुक्तान गरी जेलबाट छुटेका पूर्व डाका र अर्का रामअधार पनि अपराधिक व्यत्ति नै रहेको सशस्त्र प्रहरी वेस क्याम्प फतुवाका सशस्त्र प्रहरी निरिक्षक दिल बहादुर रायमाझीले बताए।

अवैध हातहतियार सहित पक्राउ परेका तिनै जनालाई आवश्यक कारबाहीको लागि सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको छ। पक्राउ परेकाहरुको अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रवत्ता डिएसपि नविन कार्कीले बताए। 

 

 

प्रकाशित: २ पुस २०७६ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App