२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

रौतहटमा अवैध हतियारको कारोबार बढ्दो

रौतहट - रौतहटमा अवैध हतियारको कारोबार बढेको देखिएको छ। एक हस्ता तीन जना अवैध हातहतियार कारोवारी नै पक्राउ पर्नुले रौतहटमा अवैैध हतियारको खरिद बिक्री बढेको पाइएको हो। गत सोमबार इलाका प्रहरी कार्यालय गरुडाले २ जना र आज सशस्त्रप्रहरी बेस क्याम्प फतुवाले एक जनालाई अवैध हातहतियार सहितपक्राउ गरेपछि तीनै जना अबैध हतियारको कारोबारी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बुझिएको छ।

सोमबार सशस्त्र प्रहरीले अवैध हातहतियारसहित रौतहटको राजपुरमा पक्राउ परेका कारोवारीले सीमावर्ती भारतबाट खरीद गरी नेपालमा बिक्रीको लागि ल्याउदै गरेको स्वीकार गरेबाट जिल्लामा अबैध हातहतियारको खरिद बिक्री बढेको पुष्टि भएको छ।

सीमावर्ती भारतबाट अवैध रुपमाहतियार खरीद गरी बिक्री गर्नको लागि रौतहटको राजपुरतर्फ आउदै गरेको विषेश सुचनाको आधारमा स्थानीयफतुवा बेस क्याम्पबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर रायमाझीको नेतृत्वमाखटिएको टोलीले चाइनिज र घरेलु पेस्तोलसहित यमुनामाई गाउपालीका३ राजपुर तुलसी निवासी४९ वर्षीय शेख बैतुलाहलाई पक्रउ गरेकोे सशस्त्र प्रहरी ११ नम्बर गणका प्रमुख एसपी रविनराज कर्णजित बताएका छन्।

बैतुलाहले बिआर ०५ टि ८१३६ नम्बरको मोटरसाइकल चढेर हतियार बिक्रीको लागी जादै गर्दा सशस्त्र प्रहरीको टोलीले घेरा हालेर उनलाई नियन्त्रणमा लिएपछि उनको साथबाट चाईनिज पेस्तोल १ थान, म्याग्जिन १ थान, ७.६५ एमएमको बाल राउन्ड २ थान, कटुवा पेस्तोल १ थान, मोबाइल २ थान, घडी १ थान, नगद ३,४८० र केहि विदेशी र भारतीय रुपैयाँ, नागरिकता तथा सवारी चालक अनुमति पत्रसमेत बरामद भएको एसपी कर्णजित बताए। हतियार सहितपक्राउ परेका बैतुल्लाहलाई नियन्त्रणमा लिएपछि आफू भारतबाट हतियार खरिद गरेर नेपालमा बिक्री गर्नको लागि ल्याएको बयान दिएका छन्। उनलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसै गरी गत सोमबार इलाका प्रहरी कार्यालय गरुडाको टोलीले हतियारको कारोबार गर्ने सर्लाहीका दुई जनालाई पक्राउगरी कार्यवाही प्रक्रिया अगाडि बढाएको छ। सरर्लाहीबाट हतियार लिएर रौतहटको गढीमाई नगरपालीका ६ धर्मपुरतर्फ आउदै गरेको अवस्थामा इप्रका गरुडा प्रहरीले पक्राउ सर्लाही धनकौल गाउँपालिका ६ का २६ वर्षीय राजेश महरा र त्यहीँका २१ वर्षीय जयनारायण रामलाई नियन्त्रणमा लिएका छन्।

गत मंगलवार इलाकाप्रहरी कार्यालय गरुडामा पत्रकार सम्मेलन गरी प्रहरीले दुवैलाई सार्वजनिक गर्दै प्रहरीको प्रारम्भिक अनुसन्धानले दुवै जना हतियारको कारोबारी रहेको बताएको थियो। बाइस हजार रुपैयामा गोलीसहित बिक्रीको लागि लैजाँदै गरेको दुवै जनाले पत्रकार सम्मेलनमा स्वीकार गरेका छन्। दुवै जनाले आफ्नो हतियार नभएको र एक अर्काको हतियार भएको दोषारोपण पत्रकार सम्मेलनमै गरेका थिए।

प्रकाशित: ३ चैत्र २०७६ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App