coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अवैध हतियारसहित पक्राउ

अवैध हतियार पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुुर महानगरपालिका–११ का २० वर्षीय सुजन सुनार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनलाई गणेशस्थानबाट पक्राउ गरिएको हो ।       

उनको कोठामा लुकाइराखेको अवस्थामा नौ एमएमको पेस्तोल एक थान, फायर भएकोजस्तो देखिने गोली १० थान, खोका दुई थान बरामद भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ अन्तर्गत हतियार तथा खरखजनासम्बन्धी कसूरमा अनुसन्धान तथा कारबाही गरिने कोइरालाले  जनाए । सोमबार पक्राउ परेका उनको अनुसन्धानपछि प्रहरीले आज जानकारी गराएको हो ।     

प्रकाशित: २८ जेष्ठ २०७७ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App