असारे कर्मकाण्डी : बनाएको पाँच दिनमै भत्कियो नाली
असार सकिँदैछ । अहिले गाउँदेखि सहरसम्म विकास निर्माणका कार्यले तीव्रता पाएको छ ।
असार सकिँदैछ । अहिले गाउँदेखि सहरसम्म विकास निर्माणका कार्यले तीव्रता पाएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये पाँच लाखभन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ।
कपिलवस्तुमा अवरुद्ध बनेको हुलाकी सडक निर्माणलाई तीव्रता दिन सडक अतिक्रमण हटाउने निर्णय गरिएको छ ।
२०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपको पुनर्निर्माण ढिलो गरी सुरु भएपनि अहिले भने निर्माण कार्यले गति लिएको छ । अहिले सम्म करिब ७ करोड रुपैयाँ खर्च भइसकेको छ भने करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको काष्ठमण्डप पुननिर्माण समितिले बताएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् बैतडीका स्थानीय तह बाटोघाटो बनाउन थालेका छन् ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा खेलमैदान निर्माण सुरु गरिएको छ ।
प्रदेश न. ५ सरकार आन्तरीक मामिला तथा कानुन मन्त्रालयको सबै पालिकामा हेलिप्याड बनाउने योजना अनुसार रोल्पाका ५ स्थानीय तहहरुमा हेलिप्याड निर्माण गरिएको छ ।
रुकुम(पूर्व)मा दुई हेलिप्याड निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ । जिल्ला सदरमुकामसमेत रहेको सिस्ने गाउँपालिका–५ रुकुमकोट र भूमे गाउँपालिका–६ महतमा हेलिप्याड निर्माणको काम चलिरहेको छ ।
ऐतिहासिक कौडेको धुरी, राजाको दरबार क्षेत्रमा पालिकाले आवश्यक पूर्वाधार व्यवस्थित बनाउन बरेङ विस्तृत परियोजना प्रस्ताव तयार गरेर संरचना निर्माणका काम थालेको छ । नेपालको बाइसे–चौबीसे राज्यका पालामा कौडेको धुरीमा भुरे राजाको दरबारका भग्नावशेष र पुरातात्विक शिलालेख अझै देख्न सकिन्छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सन् २०२० अक्टोबरभित्रै धरहरा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। गत चैत ११ गतेदेखि भएको लकडाउनले धरहरा पुनर्निर्माणको कार्य तोकिएको समयभित्रै सम्पन्न नहुने लगभग निश्चित भएको छ।
सरकारको प्राथमिकता प्राप्त आयोजना धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माण कार्यको भौतिक प्रगति ६३ प्रतिशत पूरा भएको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडा सदस्य डिल्ली चाम्लिङले आफ्नो बाबुआमाको स्मृतिमा विद्यालयको गेट तथा रेलिङसहितको सिँढी निर्माण गरिदिएका छन् ।
स्वदेश तथा विदेशबाट खोटाङ भित्रिने स्थानीयलाई पिसिआर परीक्षण अवधिसम्मका लागि राख्न ‘होल्डिङ’ सेन्टर बनाइएको छ ।
पाँच वर्षपछि काभ्रेपलाञ्चोकका वास्तविक भूकम्पपीडित खोजिने भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले भूकम्पपीडित खोज्न गाउँगाउँ जाने योजना बनाएको हो।