coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाली सेनाको सहयोगमा हेलिप्याड

नेपाली सेनाले तयार गरेको हेलिप्याड ।

प्रदेश न. ५ सरकार आन्तरीक मामिला तथा कानुन मन्त्रालयको सबै पालिकामा हेलिप्याड बनाउने योजना अनुसार रोल्पाका ५ स्थानीय तहहरुमा हेलिप्याड निर्माण गरिएको छ । नयाँ निर्माण गरिएका हेलिप्याडले बिपद र उपचार उद्वारका समयमा सहजता हुने छ ।  

प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाका अनुसार बिपद र बिशेष गरि सुत्केरी उपचार उद्वारका लागि हेलिप्याड प्रयोगमा आउने छ । प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत पठाएको बजेट गत वर्ष भने काम हुन नसकेर फ्रिज भएको थियो ।  

नगरपालिकाका लागि १० लाख र गाउँपालिकाका लागि ५ लाखका दरले बजेट आएको थियो । रोल्पा नगरपालिकाले आफ्नो समेत लगानी थपेर हेलिप्याड बनाएको छ भने गाउँपालिकाहरुमा जिल्लास्थित नेपाली सेनाको खड्क दल गणले हेलिप्याड बनाएको हो ।

नेपाली सेनाको खड्क दल गणले गंगादेब गाउँपालिकाको सुखाओढार, रुन्टीगढी गाउँपालिकाको होलेरी र परिवर्तन गाउँपालिकाको धामाचौरमा बनाएको हेलिप्याड हस्तान्तरण समेत गरेको छ भने सुनछहरी गाउँपालिकाको पोबाङमा निर्माण अन्तीम चरणमा पुगेको खड्क दल गणका गणपती कर्णेल सुधिर केसिले बताए ।  

कर्णेल केसिका अनुसार यसैगरि नेपाली सेनाको खड्क दल गणले सिस्ने गाउँपालिकाको रुकुमकोट र भुमे गाउँपालिकाको महतमा पनि हेलिप्याड बनाएको छ ।

 

 

 

 

प्रकाशित: २४ असार २०७७ ०९:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App