५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

मोवाईलको उज्यालोमा शल्यक्रिया गर्नुपर्ने बाध्यताको अन्त्य

बिजुली जाँदा गतिलो वैकल्पीक व्यवस्था नहुँदा मोबाईलको उज्यालोमा सुत्केरी शल्यक्रिया गर्नु पर्ने बाध्यता रहेको यहाँ रोल्पा नगरपालिकाले १ सय केभिएको जेनेरेटर उपलब्ध गराएको छ।

वृद्धाश्रम : बाध्यता र आवश्यकता

विश्व समुदायमा भएको औद्योगिकीकरण सँगसँगै मानिस काममा व्यस्त हुनुपरेको छ । बढ्दो प्रतिस्पर्धाले गर्दा जिउनका लागि बढीभन्दा बढी आयआर्जन गर्नैपर्ने बाध्यता पनि बढेको छ । जसले गर्दा परिवारका सदस्य घरदेखि टाढिनुपरेको छ । विश्वअर्थतन्त्र कृषिबाट क्रमशः औद्योगिकीकरणउन्मुख भएकाले परिवारका सबै सदस्य एकै ठाउँमा बसेर काम गर्ने वातावरणमा परिवर्तन आएको छ ।

पर्यटकलाई मापदण्ड अवरोध

उडान खुलेसँगै सरकारले आठ महिनापछि नोभेम्बर १७ देखि नेपालमा विदेशी पर्यटक आगमन खुला गरे पनि सरकारी मापदण्डका कारण पर्यटक संख्या बढ्न सकेको छैन। बन्दाबन्दीको आठ महिनापछि पर्वतारोहण र पदयात्रा नियमित भए पनि अझै विदेशीलाई होटल क्वारेन्टिन बस्नुपर्ने बाध्यता कायमै रहेकाले पर्यटक संख्या बढ्न नसकेको व्यवसायीको बुझाइ छ।

विदेशिनुका बाध्यता

विगत वर्षहरूमा यस्ता चाडपर्वको समयमा सीमा नाकामा भारतबाट स्वदेश फर्किनेको लर्काे लाग्थ्यो तर यसपटक भने यसरी श्रम गर्न जानेलाई न चाडपर्वले छोएको छ, न कोरोनाको डरले नै। केवल चिन्ता छ त रोजगारी र जीविकाको। त्यसैले त सीमा नाकाबाट हरेक दिन सयौँको संख्यामा नेपालीहरू श्रमको खोजी गर्दै भारततर्फ जाने गरेका छन्।

खोलाको धमिलो पानी खानुपर्ने बाध्यता हट्यो

भेरीगंगा नगरपालिका–२ कुकुरफालेकी सुशीला रानाले जीवनको अधिकांश समय खानेपानीको जोहोमै बिताइन् ।घरदेखि थर्मुरे खोला पुगेर एक गाग्री पानी ल्याउन तीन घण्टा लाग्थ्यो । बर्खाको भेलमा खोला पुगेर पानी ल्याउनु झनै सकस हुन्थ्यो ।

सहकारी मर्जर : रहर, आवश्यकता कि बाध्यता ?

राष्ट्रिय सहकारी दिवस २०७५ का अवसरमा आयोजित बृहत् समारोहमा प्रधानमन्त्रीको उपस्थितिमा नेपाल सरकारका तर्फबाट सहकारी एकीकरणलाई अभियानका रूपमा लैजान सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको थियो ।

फोन गर्न हिमाल चढ्नुपर्ने बाध्यता

जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्छन। तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उनको रहर नभई बाध्यता हो। आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उनले दैनिक कोठाना जाने गरेको बताए।

भालुको बिगबिगी बढ्यो, रातभरि जाग्रम बस्नुपर्ने बाध्यता

जिल्लाको माथिल्लो क्षेत्रमा भालुको बिगबिगी बढेको छ। भालुको बिगबिगी बढेसँगै मानिसलाई आक्रमण गर्ने क्रम समेत बढेको छ। बुधबार मात्रै सोलुदूधकुण्ड नगरपालिका–१ मा भालुको आक्रमणबाट एक वृद्ध सख्त घाइते भएका छन्। टाक्सिन्दुको हेवा जङ्गलमा बिहीबार दिउँसो गाई चराउँदै गरेका पासाङ शेर्पालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि बाध्यता : मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताएका छन्।

संक्रमणकालीन न्याय : बाध्यता र सम्भावना

नयाँ सरकार बनेपछि नेपालको संक्रमणकालीन न्यायको मामिलामा पीडितहरूको आशा र पीडकहरूको सन्देह दुवै जागरुक भएकामा त्यति आश्चर्य मान्नुपर्दैन। ३ सय ३४ दिन अनशन बसेर प्राण त्याग्नुभएका नन्दप्रसादकी धर्मपत्नी गंगामायाले आफ्नो कान्छो छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको दिन जेठ २४ गतेदेखि पुनः आमरण अनशन बस्ने जनाउ दिइसक्नुभएको छ।

बाध्यताको विदेश

राजनीतिक संक्रमणको समाप्तिपछि मुलुक समृद्धि यात्रामा प्रवेश गरेको सन्देश सरकारले दिइरहेको छ । समृद्धिका निम्ति रोजगारीका अवसर सिर्जना हुनु पहिलो सर्त हो । रोजगारी सिर्जना गर्न मुलुकमा आर्थिक गतिविधि अघि बढ्नुपर्छ।

बाध्यताको बगर जिन्दगी !

स–साना ढुंगा जोडेर बनाइएको चुलोमा कालो डेक्ची बसालिएको छ । प्रेसर कुकरमा तरकारी र दाल एक साथ पाकिरहेछ। बगरको ढुंगामा वनधनियाँ र गोलभेंडाको अचार पारिलो घामसँगै सुकिरहेछ। पानी पिउनका लागि एउटा ग्यालिन, बोतल, र दूधदानी पनि। पानी पिउने मगसँगै खेलिरहेछिन् ढोरपाटन नगरपालिका–३ की १६ महिने बालिका अस्मिता बुढा।

बाध्यताले साना सवारी

दक्षिणढोकाकी सम्झना रिमाललाई केही समयअघिसम्म पुतलीसडक पुग्न दुई घन्टासम्म लाग्थ्यो । उनी सार्वजनिक गाडी चढेर पुतलीसडकमा ट्युसन पढ्दै आएकी थिइन । बेलुका ५ बजेको ट्युसन कक्षाका लागि उनले ३ बजे नै हिँडिसक्नुपथ्र्याे । दक्षिणढोकाको एक स्कुलमा पढाउँदै आएकी उनी ट्युसनका लागि अन्तिम घन्टी पनि छाड्थिन् ।  यात्रामा झण्डै दोब्बर समय लागेपछि उनी हैरान थिइन।

बार्सिलोनालाई रोक्नुपर्ने बाध्यतामा रियल

साबिक विजेता रियाल मड्रिडका लागि स्पेनिस  ला लिगाको उपाधि रक्षा गर्ने आशा जीवित राख्न शनिबार ९आज० घरेलु सान्टियागो बेर्नाबेउमा हुने ‘एल क्लासिको’मा बार्सिलोनाको २४ खेलको अपराजित यात्रामा पूर्णविराम लगाउन आवस्यक छ ।

बिजुली जोड्नै डेढ अर्ब लगानीको बाध्यता

सरकारले उद्योग र कलकारखानाका लागि आवश्यक पूर्वाधारको व्यवस्था नगर्दा एउटा उद्योगले अनावश्यक रुपमा कति लगानी गर्नुपर्छ भन्ने उदाहरण होङ्सी शिवम् सिमेन्ट उद्योगमा देखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्