४ असार २०८१ मंगलबार
image/svg+xml

हङकङमा जित्नैपर्ने बाध्यता

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले सोमबार आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत असोज २७ र २९ गते हुने हङकङविरुद्धको खेल खेलाडीको करियरसँग जोडिएकाले राम्रो क्रिकेट खेल्नुको विकल्प नभएको बताएका छन् ।

वैदेशिक रोजगारको बाध्यता लघु चलचित्रमा

दुबइमा काम गर्ने नेपालीहरुको जीवनशैलीमा तयार पारिएको छोटो नेपाली चलचित्र ‘लस्ट’ को प्रदर्शन भएको छ|

मतदान केन्द्रमा पुग्न पाँच घन्टा हिँड्नुपर्ने बाध्यता

आगामी असार १४ गते दोस्रो चरणको स्थानीय तहको निर्वाचमा यहाँको एक मतदान केन्द्रमा पुग्न मतदातालाई पाँच घन्टा पैदल हिँड्नुपर्ने भएको छ। ५ नं प्रदेशमा पर्ने रुकुमको भुमे गाउँपालिका–८ मा रहेको मतदान केन्द्रमा पुग्न त्यहाँका अधिकांश ठाउँका मतदातालाई पाँच घन्टाभन्दा बढी समय हिँड्नुपर्ने बाध्यता भएको हो।

एक गाग्री पानीका लागि घन्टौँ हिँड्नुपर्ने बाध्यता

त्रिवेणी नलगाड नगरपालिका–४, प्यारगाराकी सुशीला सार्कीलाई एक गाग्री पानी ल्याउन दैनिक छ घन्टाको समय खर्चनुपर्छ।

'अभिभावकसँग शुल्क असुली बाध्यता'

घोराही– ३ स्थित रात्रि प्रावि 'क्वाडी'ले शैक्षिक गुणस्तर बढाउन भन्दै ०६७ देखि निजी विद्यालयकै ढाँचामा पठनपाठन सुरु गर्‍यो। निजी विद्यालयजस्तै नर्सरी, युकेजी, केजी हुँदै कक्षा वर्गीकरण गरेको यो विद्यालयले अंग्रेजी माध्यमबाटै पठनपाठन सञ्चालन गर्‍यो। अंग्रेजी माध्यमबाट पठनपाठन गर्दा थप शिक्षक चाहिएपछि विद्यालयले निजी स्रोतमा दुई शिक्षक नियुक्ति गर्‍यो।

उपचारका लागि हेलिकप्टर चार्टरगर्नुपर्ने बाध्यता

यातायात असुविधाका कारण छिमेकी जिल्ला बागलुङकी एक महिलालाई उपचारका लागि हेलिकप्टर प्रयोग गरी पोखरा लगिएको छ ।

चैतमा निर्वाचन गाह्रो :  आयोग, गर्नैपर्ने बाध्यता बुझिदिनुस् :  प्रधानमन्त्री

निर्वाचन आयोगले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन र निर्वाचनसम्बन्धी कानुन नबनी चैतमा स्थानीय निर्वाचन गर्न नसकिने जनाएको छ। चैतमै निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको सुनाउन सोमबार आयोग पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रमुख आयुक्त अयोधीप्रसाद यादवले आवश्यक कानुन र पुनःसंरचना प्रतिवेदन समयमै दिन ध्यानाकर्षण गराएका हुन्।

राज्यको निरीहताले सीमामा हेपिने बाध्यता, मधेस केन्द्रित दलकाे अाश्चर्यजनक माैनता !

भारतले सहीअर्थमा ‘रोटी–बेटी सम्बन्ध’को ख्याल गरेको भए दशगजामा झडपको स्थिति नै सृजना हुने थिएन। सदियौं देखिको ‘रोटी–बेटी’ सम्बन्धकै कारण तिलाठीसहित दक्षिणी भेगका जनताले भारतीय स्वतन्त्रता आन्दोलनमा समेत ठूलो सहयोग गरे। ‘तर भारतीय हामीलाई सघाउनु त परै जाओस उल्टै हेप्न मात्रै जानेका छन्।

'संविधानप्रतिको असन्तुष्टि साम्य पार्न सरकार ढाल्नु बाध्यता'

काठमाडौं— सरकारविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस, माओवादी केन्द्रले सरकार ढाल्नु पर्नाका कारणबारे स्पष्ट पारेका छन्। उनीहरुले नयाँ संविधानप्रति असन्तुष्ट मधेसवादी दल तथा अन्य पक्षसँग सहमति गर्न वर्तमान सरकार ढाल्नु परेको तर्क दिएका छन्।

बाध्यताले बेचिएको सपना

कोहलपुर-प्युठान, थालकी १५ वर्षीया कविता (नाम परिवर्तन) चार महिनाअघि कोहलपुर झरिन्। सरकारी विद्यालयमा पढ्दा सधैँ कक्षा प्रथम हुने कविताको भविष्यमा डाक्टर बन्छु भन्ने सपना थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्