१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

उपचारका लागि हेलिकप्टर चार्टरगर्नुपर्ने बाध्यता

फलेवास (पर्वत)-यातायात असुविधाका कारण छिमेकी जिल्ला बागलुङकी एक महिलालाई उपचारका लागि हेलिकप्टर प्रयोग गरी पोखरा लगिएको छ । 

दक्षिण बागलुङको जैदी गाविस–३ रोहटेकी जमुना चालिसेलाई आज श्वासप्रश्वासमा समस्या आएपछि हेलिकप्टर चार्टर गरी पोखरा लगिएको हो । 

सडक सुविधा नभएको उक्त गाउँमा प्रभु एयरलाइन्सको हेलिकप्टरमार्फत रु एक लाख खर्चिएर उनलाई उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा लगिएको हो । 

सडक सुविधा नभएका कारण उक्त गाविसका बासिन्दा अहिले पनि बिरामी हुँदा हेलिकप्टरमा लाखौँ खर्च गर्न बाध्य भएका छन् । चालिसेका परिवारले पनि ऋण काढेर हेलिकप्टर चार्टर गरेको स्थानीय बलभद्र चालिसेले जानकारी दिए । 

सडक यातायातको सुविधा लिन घन्टौँ हिँड्नुपर्ने बाध्यता रहेका गाउँलेले बिरामी पर्दा हैरानी व्यहोर्दै आएका छन् । केही दिन अगाडि छिमेकी गाविस छिस्तीका टीकानिधि उपाध्याय बिरामी परेपछि उपचारका लागि उनलाई पनि हेलिकप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो । रासस 

प्रकाशित: २७ आश्विन २०७३ ००:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App