प्रिय पोखरा! तिमीले के वरदान पाएकी छ्यौ र एक से एक साहित्यकार जन्म दिन्छ्यौ? तिम्रो भौतिक सामिप्यमा उभिंदै प्राकृतिक सुन्दरताले लोभ्याउँछ्यौ, मोहनी लगाउँछ्यौ।
बहुलवादी स्वतन्त्र समाजमा मात्र नागरिक सङ्गठनको स्वतन्त्र अस्तित्व हुनसक्छ। पञ्चायतकालमा निर्देशित र नियन्त्रित गैरसरकारी सङ्गठनको स्थितिका बारेमा हामी जानकार छौँ। जनताको आवश्यकता र अभिमत अनुरुप शासन सञ्चालन गर्नु लोकतन्त्रको एकमात्र अभिष्ट हो।
नयाँ सरकार बनेपछि नेपालको संक्रमणकालीन न्यायको मामिलामा पीडितहरूको आशा र पीडकहरूको सन्देह दुवै जागरुक भएकामा त्यति आश्चर्य मान्नुपर्दैन। ३ सय ३४ दिन अनशन बसेर प्राण त्याग्नुभएका नन्दप्रसादकी धर्मपत्नी गंगामायाले आफ्नो कान्छो छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको दिन जेठ २४ गतेदेखि पुनः आमरण अनशन बस्ने जनाउ दिइसक्नुभएको छ।