श्रीमानको कुटाइले उपमेयर घाइते
श्रीमानको कुटाइबाट गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी कुवँर घाइते भएकी छन् । घरायसी विवादका कारण मंगलबार राती श्रीमान ध्रुव कुँवरले उनीमाथि हात हालेको प्रहरी वृत सातदोबाटोले जनाएको छ ।
श्रीमानको कुटाइबाट गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी कुवँर घाइते भएकी छन् । घरायसी विवादका कारण मंगलबार राती श्रीमान ध्रुव कुँवरले उनीमाथि हात हालेको प्रहरी वृत सातदोबाटोले जनाएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका–८ स्थित रंगशाला निर्माणमा कमसल सामाग्री प्रयोग गरिएको पाइएपछि नगरपालिका कार्यालयले काम बन्द गरिदिएको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालन भएको उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमले जितेको छ।
जापान भ्रमणमा रहेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र काठमाडौं महानगरपालिकाकि उपमेयर हरिप्रभा खड्गीसंग जापानमा रहेका नेपालीहरुले अन्तर्क्रिया गरेका छन्।
सरकारले खारेज हुन लागेका जिल्लाका विषयगत कार्यालयका गाडी संकलन गर्ने काम सुरू गरेको छ । जिल्लाका विषयगत कार्यालयमा रहेका गाडी स्थानीय तहलाई हस्तान्तरण गर्ने सरकारले नीति बनाएको छ । यसका लागि प्रधानमन्त्रीको कार्यालयले महेन्द्रमान गुरूङको संयाजकत्वमा एउटा समिति बनाएको छ । सो समितिको बुधवार बैठक बसेको थियो ।
‘सडक राम्रो बनाउन स्थानीयकै माग हुन्छ, अनि सडक बढाउन जग्गा नदिने समस्या त्यहीँ हुन्छ, त्यस्तोमा नारा जुलुसको तनाव हामीले भोग्नुपर्छ, निर्णय र काम केन्द्र सरकारको हुन्छ ।’ विन्दु पुडासैनी सिंखडा, उपमेयर, कागेश्वरी मनहरा नगरपालिका
काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणमा कंक्रिटको प्रयोग गरेपछि चौतर्फि विरोध आयो।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीचको विवाद चरम उत्कर्षमा पुगेको छ।
नेपाली कांग्रेसमा माग र दाबीबीच उम्मेदवारी टुङ्ग्याउन समस्या भएको बेला बाध्यतावश वीरगन्ज महानगरपालिकाको उपमेयरको टिकट पाइन्, ८७ वर्षे शान्ति कार्कीले । पैसाको खोलो बगाइएको भनिएको स्थानीय तह निर्वाचनमा आस्थाको राजनीतिमा ७० वर्ष बिताएकी, समाजिक परिवर्तन र महिलाहरुको आर्थिक समाजिक तथा राजनीतिक उत्थानका लागि उमेर खर्चेकी कार्कीले पैसा खर्चने न सवाल थियो न जोहो । उमेरसँगै छालामा थपिएका अनेक धर्सायुक्त अनुहार, चाउरिएका गाला र परेली अनि दुब्लो ज्यान लिएर टोल टोलमा उनी उपस्थित मात्र भइदिइन् । न हारको भय न जितको लोलुपता उनीसँग थियो । थियो त, मात्र एउटा निश्चल मुस्कान ।
सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ। प्रमुखमा फोरमका अशेश्वर यादवले ९२३४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नविन कुमार यादवले ९०६३ मत प्राप्त गरेका हुन्।
जितपुर-सिमरा उपमहानगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले उम्मेदवार विजयी भएका छन्। एमालेका कृष्ण पौडेलले १४ हजार ८ सय ६५ मत ल्याई विजयए भएका हुन्। उनका निकटतम प्रतिन्द्वन्द्वी नेपाली कांग्रेसका कृष्णब्रत सिंहले १२ हजार ४३ मत ल्याए।
धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उम्मेदवार क्रमशः रामज्ञान मण्डल र रेणुदेवी झा विजयी भएका छन्। मेयरमा मण्डलले ३ हजार ३ सय २० र उपमेयरमा झाले ३ हजार २ सय ७६ मत प्राप्त गरेका छन्। मण्डलका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रदिपकुमार यादवले ३ हजार २ सय २९ र उपमेयर झाकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकै रामकुमारी कामतले ३ हजार २७ मत पाएकी छन्।
खोटाङका उपमेयर/उप–प्रमुख र स्थानीय तहका न्यायीक समितिका सदस्यहरुलाई न्याय सम्पादन प्रकृया तथा स्थानीय तहको भूमीकाका विषयमा तालिम दिइएको छ।
काठमाडौं महानगरपालिकाले मेयर र उपमेयरका लागि दुई करोडभन्दा बढी मूल्यका गाडी खरिद गरेको छ। महानगरले मेयर विद्यासुन्दर शाक्यलाई १ करोड २० लाख रुपैयाँ पर्ने र उपमेयर हरिप्रभा खड्गीलाई ८६ लाख मूल्य पर्ने गाडी खरिद गरेको हो।
धनगढी उपमहानगरपालिकाको उपमेयरमा सुशीला मिश्र भट्ट विजयी भएकी छन् । ३९ वर्षीया सुशीला सामाजिकशास्त्रमा स्नाकोत्तर छिन् । अहिले पनि पद्मकन्या क्याम्पसमा महिला अध्ययन विषयमा अध्ययनरत छिन् । प्रखर वक्ताको पहिचान बनाएकी सुशीलाले धनगढीमा मेयर पदका लागि दाबी गरेकी थिइन् । पार्टीले उनलाई उपमेयर बनाउन चाहेपछि पार्टी नेतृत्वलाई सम्मान गर्दै उनी उपमेयर उठेकी थिइन् ।