१० मंसिर २०८१ सोमबार
image/svg+xml

साझाका लागि इटहरीको मेयरमा डा.काफ्ले र उपमेयरमा पत्रकार परियार उम्मेदवार

साझा पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा इटहरी उपमहानगरपालिकामा मेयर र उपमेयरमा उमेदवारी दिने निर्णय गरेको छ। पार्टी निर्माण प्रक्रियाको ६ हप्तामैं काठमाडौँ र ललितपुर महानगरपालिकामा उमेदवारी दिएर सम्मानजनक मत ल्याएपछि वैकल्पिक राजनीतिका लागि परिपक्व विकल्पका रूपमा हेरिएको साझा पार्टीले ईटहरीको मेयरका लागि प्राध्यापन र समाजसेवामा संलग्न डाक्टर सुश्री तारा काफ्ले र उपमेयरका लागि पत्रकार तथा मानव अधिकारकर्मी प्रकाशचन्द्र परियारलाई उठाउने निर्णय गरेको हो।

चाँगुनारायणको मेयर उपमेयर दुबैमा एमाले विजयी

चाँगुनारायण नगरपालिकाको मेयरमा एमालेका सोम मिश्र विजयी भएका छन्। उपमेयरमा पनि एमालेकै विना बास्तोला निवार्चित भएकी छन्।

मेयरमा शाक्य, उपमेयरमा खड्गी

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भएका छन्। उनी नेपाली कांग्रेसका राजुराज जोशीलाई १९ हजार ६ सय ४४ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्।

भरतपुरको उपमेयरमा काँग्रेसकी शाह विजयी

स्थानीय निर्वाचन पहिलो चरणको सबैभन्दा चर्चित स्थानीय तह भरतपुर महानगरपालिकाको उपमेयरमा काँग्रेसकी पार्वती शाह विजयी भएकी छिन्। दुई वटा वडाको मत गणना हुन बाँकी हुँदै उनले आफ्नो जीत सुनिश्चित गरेकी हुन्।

साझा पार्टीद्वारा नवनिर्वाचित मेयर–उपमेयरलाई शुभकामना

रविन्द्र मिश्रको संयोजकत्वमा रहेको साझा पार्टीले काठमाडौँ महानगरपालिकाका मतदातालाई धन्यवाद दिँदै साझा पार्टी जनताको विकल्पको पार्टी रहेको तर्क गरेको छ ।

पोखरा-लेखनाथ महानगरपालिकाको मेयर-उपमेयर दुबैमा एमाले विजयी

पोखरा-लेखनाथ महानगरपालिकामा एमालेका मानबहादुर जीसी मेयरमा निर्वाचित भएका छन्। उनले ६० हजार १ सय १८ मत ल्याइ विजयी भएका हुन्। उपमेयरमा पनि एमालेकै मन्जु गुरुङ निर्वाचित भएकी छन्। उनले ५४ हजार १ सय मत ल्याएकी हुन्।

साझाकी शाक्यको यात्राः विहारदेखि उपमेयर दौडसम्म

काठमाडौं उपत्यकाका शाक्यहरुका पुर्खाको लहरो गौतम बुद्धसम्मै पुग्छ भनिन्छ। त्यसैले आफ्नो कुलमा बुद्ध जन्मिएकोमा उनीहरु गर्व गर्छन्। र, सकेसम्म बुद्धको मार्गमा हिँड्न प्रयास गर्छन्। शोभा शाक्य त्यसबाट टाढा रहने कुरै थिएन। लोककृति विहार पाटनको निर्वतमान अध्यक्ष उनले त्यो बिहारलाई १० वर्षसम्म नेतृत्व दिइन्। युवक बौद्ध मण्डलको नेतृत्वमा रहँदा उनले बुद्धको जीवनोपयोगी शिक्षा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याइन्। त्यो एउटा समर्पणपको समय थियो– बुद्ध, धर्म र संघप्रति।

महालक्ष्मी नगरको मेयर, उपमेयरसहित आठ वडामा एमाले

महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका रामेश्वर श्रेष्ठ र उपमेयरमा एमालेकै निर्मला थापा विजयी भएका छन्। श्रेष्ठले ७७६४ र थापा ८६३६ मत ल्याएर विजयली भएका हुन्।

काठमाडौंको मेयरमा एमाले र उपमेयरमा काँग्रेस उम्मेदवारले मतान्तर बढाए

काठमाडौं महानगरको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले मतअन्तर अझ फराकिलो पारेका छन्। पछिल्लो परिणामअनुसार एमालेका शाक्य २३ हजार ९०२ मत ल्याउँदा काँग्रेसका राजुराज जोशी ७ हजार बढी मतले पछाडि परेका छन्। उनले १६ हजार ७१७ मत पाएका छन्।

वीरेन्द्रनगरको मेयरमा कांग्रेस, उपमेयरमा एमालेको अग्रता

सुर्खेतका ९ तहमध्ये ८ वटाको मत परिणाम घोषणा भएको छ। सदरमुकाम वीरेन्द्रनगरको मतगणना जारी छ। गणना सम्पन्न भएकामध्ये तीन नगरसहित दुई गाउँपालिकामा कांग्रेसले विजय हासिल गरेको छ ।

बेसीसहरको मेयरमा एमालेका अर्याल उपमेयरमा अधिकारी विजयी

स्थानीयतह निर्वाचनबाट बेसीशहर नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार गुमानसीं अर्याल र उपमेयरमा एमालेकै लक्ष्मी अधिकारी विजयी भएका छन्।

भरतपुर मेयरमा एमाले, उपमेयरमा काँग्रेसको अग्रता

भरतपुर महानगरपालिकामा ९ घन्टापछि सार्वजनिक परिणाममा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली १७६९ मतको अग्रता लिएका छन्। ९२१२ मत पाएर उनी पहिलो स्थानमा छन्।

४ महानगरपालिकाका उपमेयरको यस्तो छ मतपरिणाम

स्थानीय तह पहिलो चरणको मत गणना जारी भइरहँदा काठमाडौंको उपमेयरमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले अग्रता लिएकी छिन्।

मेयर, उपमेयरका कार्यालय खडा गर्दै महानगर

राष्ट्रिय सभागृहमा मंगलबार दिउँसो मत गणना कार्य धमधम भइरहेको थियो । सुस्त गतिमा मत गणना हुँदा स्थानीय चुनाव भएको तीन दिन हुँदा पनि महानगरपालिकाको मेयर र उपमेयर को हुने भनेर टुंगो लाग्न सकेको छैन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्