काठमाडौं- काठमाडौं महानगरपालिको उपमेयर पदमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गी अग्र स्थानमा छिन्। उनले १७६६४, राप्रपाका राजाराम श्रेष्ठ ११२२२, साझा पार्टीकी निरुपमा यादव ३६७५ र माओवादी केन्द्रकी सुशीला पौडेल २९९९ मत प्राप्त गरेका छन्। यो ५९६३५ मतगणनाको हो। ३२ वडा रहेको काठमाडौं महानगरपालिका सबैभन्दा बढी मतदाता भएको स्थानीय तह हो।
प्रकाशित: ६ जेष्ठ २०७४ १३:४६ शनिबार