१५ वैशाख २०८१ शनिबार
image/svg+xml

खोकनामा रुद्रायणी देवीको १२ वर्षे मेला

ललितपुरको खोकनामा रुद्रायणी देवीको १२ वर्ष मेला सुरु भएको छ । १२ वर्षमा एकपटक हुने यो मेला असोज शुक्ल द्वितीयाको दिनबाट सुरु हुन्छ ।

खोकनाको परम्परागत तोरी पेल्ने कोल लोप हुँदै

ललितपुर महानगरपालिका-२१ खोकना क्षेत्रमा तोरी खेती कम हुँदै जान थालेका छन् साथै तोरी पेल्ने परम्परागत कोल पनि विस्तारै लोप हुँदै गएका छन्।

खोकनाका किसानलाई धान रोप्ने चटारो (फोटोफिचर)

देशभर मनसुनी गतिविधि थप सक्रिय भएसँगै धान रोप्ने चटारो सुरु भएको छ। यतिबेला ललितपुरको खोकनाका किसानहरु धान रोप्न व्यस्त छन्।

खोकनामा सिकाली जात्राको रमझम

जात्रामा रुद्रायणीदेवीको मूर्ति खटमा राखेर नगरपरिक्रमा गर्ने गरिन्छ भने भक्तजनहरुका लागि विभिन्न स्थानीय गुठीहरुले निःशुल्क प्रसादको रुपमा भोजन गराउने गर्दछन्।

९७ वर्षकी वृद्धाको अल्का अस्पतालमा हिमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया

ललितपुर खोकनाकी ९७ वर्षकी गणेशमाया शाहीको हिमीआर्थोप्लाष्टि अर्थात हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो।अस्पतालका चिकित्सक शिवचन्द्र अमात्यको टोलीले शाहीलाई हाइ केयरमा राखेर हिमीआर्थोप्लाष्टिको शल्यक्रिया गरेको थियो।

खोकना र बुङमतीको अस्तित्व जोखिममा

प्राचीन सभ्यता बोकेका यी वस्ती नभए ललितपुरलाई कला नगरी भनेर चिनाउने अन्य आधार कमै होलान्। तर, भूकम्पपछिको पुनर्निमाणको कामले भने यी वस्तीको मौलिकतालाई नराम्रोसँग प्रभावित पारेको छ। पुनर्निर्माण गर्दा मौलिक वस्तीको चिनारी नै ध्वस्त हुँदैछ। भूकम्पले लडाएका मौलिक भवन र संरचना उठाउँदा रैथाने आकार मेटिँदैछ।

खोकनावासी किन उठे ?

राष्ट्रिय गौरवको भनिएको यो द्रूतमार्ग आयोजनाप्रति खोकनावासीमा अपनत्वको भावना किन जाग्न सकेन ? मूल प्रश्न यही हो। खोकनावासीले आर्थिक लाभलाई भन्दा आफ्नो पहिचान, आफ्नो संस्कृति र सम्पदालाई बढी महत्व दिएका छन्।

रोपाइँ रोक्दा खोकनामा झडप

प्राचीन बस्ती खोकना देशकै महत्वाकांक्षी योजनाको चेपुवामा पर्न थालेपछि त्यहाँका सम्पदा मासिने खतरा बढेको भन्दै स्थानीय चिन्तित बनेका छन्।

खोकनाको खुसी

महोत्वसका अवसरमा बुइँगलमा थन्काइएका सामान पनि आँगनमा प्रदर्शन गरिएको थियो, जुन सामान नियाल्दा प्राचीनताले आधुनिकताको घुम्टो उघारेको भान हुन्थ्यो।

खोकनाको जोगाएर फास्ट ट्रयाकको रेखांकन

प्राचीन बस्ती खोकना महत्वकांक्षी योजना फास्ट ट्रयाकको चेपुवामा नपर्ने भएको छ। सरकारले पाँच ठूला योजनाको रुट यही बस्तीमा पारेपछि त्यसको असर प्राचीन कला–संस्कृतिमा पर्ने देखिएपछि स्थानीयले विरोध गर्दै आएका थिए। खोकनाको मौलिकता नमास्न नेपाली सेनाले डिपिआर अनुसार खोकना क्षेत्र र महादेवटार–लेनडाँडा गरी दुई ठाउँमा फास्ट ट्रयाकको रेखांकन परिवर्तन गरेको छ। योजना अनुसार ७२.५ किलोमिटर लामो सडकको प्रस्थान विन्दु खोकनामा पर्नेछ। फास्ट ट्रयाकको अन्तिम विन्दु निजगढ रहनेछ।

कतै निर्माण, कतै विवाद

काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा उत्पन्न विवादले काम अगाडि बढाउन समस्या पारेको छ। राजधानीलाई तराई–मधेससँग जोड्ने सबैभन्दा छोटो दुरीको यो मार्गमा पर्ने जग्गा विवाद नटुंगिदा निर्माण कार्यमा जुटेको नेपाली सेनालाई काम अघि बढाउन अप्ठेरो परेको हो।

खोकनाको साख गुम्ने खतरा !

सरकारले ठूला विकासका योजनाको ‘रूट’ ललितपुरको खोकनालाई बनाएपछि अहिले सर्वत्र प्रश्न उठ्न थालेको छ– कतै प्राचीन बस्तीको मौलिक साख गुम्ने त होइन ? ‘ठूला योजनाले थिचेपछि बस्तीको रूप कस्तो होला ?,’ स्थानीय अड्कलबाजी गर्न थालेका छन्। यसबारे सरोकारवाला निकाय, संस्कृतिविद् र नागरिक समाजको भिन्न–भिन्न मत छ।

ठूला योजनाको चेपुवामा खोकना

प्राचीन बस्ती खोकना अहिले देशकै महत्वकांक्षी योजनाको चेपुवामा छ। सरकारले पाँच ठूला योजनाको रुट यही बस्तीमा पारेपछि त्यसको असर प्राचीन कला–संस्कृतिमा पर्ने देखिएको छ।

ल्यान्डस्केपमा सुन्दर खोकना

पूर्वतिर काठमाडौं खाल्डो, दक्षिणमा फूल्चोकीको गुराँस फूल्ने चुचुरो, पश्चिमको हरियो हात्तीवन र चम्पादेवी डाँडा अनि उत्तरमा चोभारमाथि गणेश हिमाल झुल्कदै गरेको दृश्य। ललितपुरको खोकना बस्ती यिनै रमणीयस्थल बीचको फाँटमा बसेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्