२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खोकनामा रुद्रायणी देवीको १२ वर्षे मेला

फाइल तस्बिर

ललितपुरको खोकनामा रुद्रायणी देवीको १२ वर्ष मेला सुरु भएको छ । १२ वर्षमा एकपटक हुने यो मेला असोज शुक्ल द्वितीयाको दिनबाट सुरु हुन्छ । यो दिन रुद्रायणी देवीगणबाट आफ्नो शक्ति सञ्चयस्वरूप विभिन्न स्थानहरूमा द्यो काः वनेगु (भगवान लिन जाने) कार्य गरिन्छ ।  

१२ वर्षको मुख्य जात्रा मनाउन द्यो गणहरूबाट विभिन्न स्थानबाट शक्ति साधना काः वनेगु (लिन जाने) कार्य गरिन्छ । साथै सोही राति देवतागणहरूमध्ये कुमारी र वामुख्या द्यो खण्ड भवानी मन्दिरमा विराजमान खण्ड भवानीलाई विधिवत रूपमा पूजा गरिन्छ । पूजा सकेपछि मन्दिरबाट बोकेर खोकनाको क्वेलाछीमा अवस्थित नाःस द्यो मन्दिरमा आफ्नो शक्ति सञ्चयका लागि गोप्य रूपमा प्रतिस्थापन गरिन्छ ।

जात्राको मुख्य दिन असोज शुक्ल तृतीयालाई लिइन्छ । यस दिन ढोकाबाहिर चोखो राँगा बली दिइन्छ ।  

जात्रा सुरु गर्नुपूर्व रुद्रायणी देवीगणबाट गरिने सम्पूर्ण कार्य सकिसकेपछि भोजन गरिन्छ । आफ्नो भोजन सकेपछि खण्ड भवानीका द्यो बुलाई भोजन तथा जात्रा सुरु गर्न निमन्त्रणा गर्न कुमारी अथवा वामुख्वा आउँछन् । तत्पश्चात् द्यो वुबाट खण्ड भवानी जात्राको लागि आवश्यक गरगहना, वस्त्र तथा आफूलाई चाहिने सामग्रीहरू सबै बोकेर उनीहरूसँग क्वेलाछीमा लगिन्छ ।  

देवतागणहरूबाट द्यो बुलाई भोजन गराइन्छ । भोजन सकेपछि द्यो बुबाट खण्ड भवानीलाई वस्त्र, तिसा र मालाले सिंगारिन्छ । आफू पनि तयारी अवस्थामा रहन्छ । उक्त समयमा देवगणहरू पनि देःसा सञ्चालनका लागि तयारी अवस्थामा हुन्छ ।  

जबसम्म खण्ड भवानी तयारी अवस्थामा रहँदैन, जात्रा पनि सुरु गरिँदैन । यस कारण खोकनाको १२ वर्ष जात्रामा खण्ड भवानीको अहम् भूमिका रहेको हुन्छ ।

खण्ड भवानी तथा द्यो बुबाट आफ्नो कार्य सकेपछि द्यो बुबाट कुमारीले शक्ति सञ्चयका लागि नासं द्यो मन्दिरमा प्रतिस्थापित भगवानलाई विधिवत रूपमा उठाई कम्मरमा बोकिन्छ । त्यसपछि कुमारीले आफ्नो शक्ति बोकिरहेका द्यो बुलाई कम्मरमा समाइन्छ । त्यसपछि देःसा सुरु भई जात्रा अघि बढाइन्छ अर्थात् मेलाको मुख्य जात्रा सुरु हुन्छ ।

प्रकाशित: २९ आश्विन २०८० ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App