४ वैशाख २०८१ मंगलबार

धरानमा ट्रयाक्टर व्यवसायी आन्दोलित

राजस्व तिरेर खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न पाउनुपर्ने माग गर्दै धरानका ट्रयाक्टर व्यवसायी आन्दोलित भएका छन्।

महानगरविरुद्ध कवाडी व्यावसायी आन्दोलित (तस्बिरसहित)

महानगरपालिकाले कवाडी व्यवसायीहरूप्रति दमन गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।

नैतिक संकटमा गृह, श्रम र भौतिक पूर्वाधारमन्त्री

मन्त्री ज्वालाले आन्दोलनकारीसँग सवालजवाफमा उत्रिनु तथा भिडलाई उत्तेजित हुनेगरी कुराकानी गर्नु घटनाको मुख्य कारण रहेको गृह मन्त्रालय र सुरक्षा अधिकारीहरूले जनाएका छन्।

विवेकशून्य राज्य

अहिले नेपाली समाज निराशाले ग्रसित छ। त्यसका तमाम कारणहरू छन्। प्रभाव पनि अनेक प्रकारका देखिन थालेका छन्। दैनिक १८ जनाले त आत्महत्या नै गर्छन्।

त्रिवि शिक्षण अस्पतालका कर्मचारी आन्दोलित (तस्बिरसहित)

मासिक तलबबाट १ प्रतिशत रकम कट्टा गरी उपचार कोषमा जम्मा गर्ने विषयमा गम्भीर असहमति जनाउँदै कर्मचारीहरूले पाखुरामा कालो पट्टि बाँधेर शान्ति पूर्ण विरोध प्रदर्शन गरेका छन्।

आन्दोलित शिक्षकहरुको ‘हाजिरी फाइल’ माइतीघरमै, त्यही हुन्छ हाजिरी

संसदमा हालै दर्ता भएको विद्यालय शिक्षा विधेयक–२०८० विरोध गर्दै राजधानी अस्तव्यस्त बनाएका शिक्षकहरुले माइतीघरमै हाजिर गरिरहेका छन्।

बढुवा रोकेको भन्दै कर्मचारी आन्दोलित

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीका बढुवा प्रक्रियामा युवा तथा खेलकुद मन्त्रालयले अवरोध पुर्याएको भन्दै चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका छन्।

नर्सिङ कलेज सञ्चालक आन्दोलित

चितवनका नर्सिङ कलेज बन्द भएपछि सञ्चालकहरु आन्दोलित भएका छन्। उनीहरुले चिकित्सक शिक्षा सरोकार सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाएका छन्।

‘नेपाली लगानी डुबाउने, विदेशीलाई पोस्ने’

सरकारले गरेको एउटा सानो नीतिगत निर्णयले निजी क्षेत्रको १५ अर्ब रूपैयाँ लगानी डुबेको छ। सरकारले नर्सिङ अध्ययन गराउने शिक्षालयहरूको सय शड्ढयाको आफ्नै अस्पताल हुनुपर्ने बाध्यात्मक व्यवस्था गरेपछि ती संस्था अप्ठेरोमा परेका छन् भने छिमेकी मुलुक भारतका सीमावर्ती इलाकामा खुलेका स्वास्थ्य शिक्षाका कलेजमा नेपाली विद्यार्थीको चाप बढेको छ।

करार सेवाबाट हटाएपछि कर्मचारी आन्दोलित

मोरङको बुढीगंगा गाउँपालिकामा तालाबन्दी गरिएको छ। करारको म्याद नथपेको भन्दै करार सेवामा कार्यरत २६ जना कर्मचारीले गाउँपालिकाको मुख्य गेटसहित अध्यक्ष जीननारायण थापा मगर र उपाध्यक्ष अमृताकुमार गच्छदारको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

ललितपुर जिल्ला अदालतमा कानून व्यवसायीहरु आन्दोलित

जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको विवादपछि भएको हातहाल हाल भएको घटनालाई लिएर कानुन व्यवसायी आन्दोलन गरेका हुन्।

पार्किङ गर्न नदिएपछि ट्याक्सी व्यवसायीहरु आन्दोलित

सडक किनारमा काठमाडौं महानगरपालिकाले पार्किङ गर्न नदिएको विरोधमा ट्याक्सी व्यवसायीहरु आन्दोलित भएका छन् । ट्याक्सी व्यवसायीहरुले काठमाडौ महानगरपालिका अगाडि खाली ट्याक्सी तेस्याएर विरोध जनाएका छन्।

आन्दोलित कर्मचारी नै विभाजित

सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री भएन भन्दै आन्दोलनमा उत्रेका निजामती कर्मचारीहरू नै आन्दोलनको विषयमा विभाजित भएका छन्।

सब-स्टेसन रोक्नुपर्ने माग गर्दै नौ दिनदेखि बोझीनी आन्दोलित

विद्युतीय सब–स्टेसन निर्माण रोक्नुपर्ने माग राख्दै काठमाडौंको शंखरापुर नगरपालिका– ३ बोेझीनीमा सुरु भएको आन्दोलन नौ दिन बित्दा पनि रोकिएको छैन।

विराटनगरका अटोमोबाइल्स व्यवसायी आन्दोलित

नेपाल राष्ट्र बैंकद्वारा जारी नीति तथा बैंक ब्याज दरको विरुद्धमा आन्दोलनरत अटोमोबाइल्स व्यवसायीले आन्दोलनलाई निरन्तरता दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्