१७ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

आन्दोलित शिक्षकहरुको ‘हाजिरी फाइल’ माइतीघरमै, त्यही हुन्छ हाजिरी

संसदमा हालै दर्ता भएको विद्यालय शिक्षा विधेयक–२०८० विरोध गर्दै राजधानी अस्तव्यस्त बनाएका शिक्षकहरुले माइतीघरमै हाजिर गरिरहेका छन्।

उनीहरुले आन्दोलनको केन्द्र काठमाडौंको माइतीघरमा प्रदेश अनुसार राखिएका हाजिरी फाइलमा हाजिरी जनाएर आन्दोलनमा सहभागी भइरहेका छन्।

कालिमाटीस्थित निलबाराही माध्यमिक विद्यालयकी प्राधानाध्यापक डा. जानुका नेपालले माइतीघरमै प्रदेश अनुसार छुट्टाछुट्टै राखिएका हाजिरी फाइलमा हाजिर गरेको जानकारी दिइन्।

‘म यही हाजिरी गरेर आन्दोलनमा सहभागी भएकी हुँ’, उनले नागरिकन्यूजसँग भनिन। नेपालका अनुसार आन्दोलनमा सहभागी शिक्षकहरुले आ–आफ्नो प्रदेशको फाइलमा हाजिरी गरिरहेका छन्। हाजिरी गरेपछि मात्र आन्दोलनमा सहभागी भएका छन्।

‘सात वटै प्रदेशको फाइल बनाएर राखेका छन्। हामी सबै प्रदेशका शिक्षकहरुले त्यही हाजिर गरेर आन्दोलनमा सहभागी भएका छौं’, उनले भनिन्। डा. नेपालले यही हाजिरीको आधारमा विद्यालयमा हाजिर मिलाइने बताइन्।

यसैबीच शिक्षकहरुको आन्दोलनको बिषयलाई लिएर रानीपोखरीस्थित दरबार हाइस्कूलमा अभिभावक र शिक्षकहरुबीच हातपात भएको छ। बिहीबार बिहान हातपात भएको एक जना अभिभावकले नागरिकन्यूजलाई जानकारी दिए।

नेपाल भर हाल १ लाख ७ हजार शिक्षकको दरबन्दी छ। नेपाल शिक्षक महासंघले आन्दोलनका देशभरबाट एक लाख बढी शिक्षक राजधानीमा आएको दाबी गरेको छ। 

प्रकाशित: ४ आश्विन २०८० ०९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App