८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

विरामीको मृत्यु भएपछि एपेक्स हस्पिटल तोडफोड

विरामीको मृत्यु भएपछि मृतकका आफन्त र गाउँलेहरूले इटहरीको एपेक्स हस्पिटल तोडफोड गरेका छन्।

डाक्टरले आफूखुसी बिदा लिएपछि विरामीको विजोग

दुल्लु अस्पताल दैलेखमा डाक्टरले आफूखुसी बिदा लिएर हिँड्न थालेपछि अस्पतालमा विरामीको विजोग भएको छ।

वीपीमा कालो ढुसी संक्रमित विरामीको जटिल शल्यक्रिया

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कालो ढुसी(ब्लाक फंगस) संक्रमित एक विरामीको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ ।

सहअध्यक्ष पौडेलद्वारा १० थान अक्सिजन सिलिन्डर सहयोग

कोभिड–१९ को महामारी फैलिएर अक्सिजन अभावमा विरामीको उपचार गर्न कठिन भएर ज्यान गुमाइरहेका बेला राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले गृह जिल्ला बागलुङमा व्यक्तिगत रुपमा १० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन्।

कोभिड उपचारका लागि भक्तपुरमा २५ बेड एचडियू

कोभिड विरामीको उपचारका लागि भक्तपुरमा २५ बेड एचडियूको व्यवस्था भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा जिल्लास्थित सहकारीकर्मीहरुसँग शुक्रबार भएको बैठकमा नगर प्रमुख सुनिल प्रजापतिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरले विरामी भएकाहरुको उपचारका लागि २५ बेड एचडियूसहितको ७५ बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको जनाए ।

जापानमा तापक्रम बढेर तातो हावा चल्दा २५ को मृत्यु १२ हजारभन्दा बढी विरामी

जापानमा केही दिनयतादेखि तापक्रम निकै बढेको छ । जसका कारण तातो हावा चलेको र यसमा परी हजारौं मानिस प्रभावित भएका छन् । प्राप्त समाचारमा गत हप्ताको यस्तो तापक्रमबाट २५ जनाको ज्यान गएको थियो। त्यस्तै यसबाट अरु १२ हजार ८०० मानिस विरामी परेका छन् ।

कोरोनाको डरले अस्पताल सेवा लिने ५० प्रतिशत विरामी घटे

राजधानीको केन्द्रमा रहेको वीर अस्पतालमा लकडाउन अघि विरामीको घुइँचो नै लाग्थ्यो । अहिले आधा भन्दा कम विरामी आउने गर्छन् । वहिरंग विभागमा कम आउँछन् नै आपतै परेपछि आउने आकस्मिक कक्षमा समेत विरामीहरूको संख्या ५० प्रतिशत भन्दा कम भएको छ । वीर अस्पतालमा लकडाउन अघि दैनिक दुई हजारदेखि २५ सय विरामी आउँथे अहिले पाँच सय मुस्किलले आउँछन् । दैनिक दुई सय ५० जना आउने आकस्मिक कक्षमा अहिले ५० देखि ५५ जना मात्र आउँछन् ।

लकडाउनले मृगौलाका विरामीलाई सास्ती

लामो लकडाउनको कारण डाइलाइसिस गराउदै आएका मृगौलाका विरामीहरूलाई धेरै सास्ती खेप्नु परेको छ । सातामा २ पटकसम्म डाइलाइसिस गर्नुपर्ने विरामीहरू यातायात बन्द हुँदा आवतजावत गर्न नपाउदा समस्यामा छन् भने कतिपय विरामीहरू वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हाताभित्र धर्मशालामा बसेका छन् ।

जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना विरामी

जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना विरामी परेका छन् । तनहुँको देवघाट गाउँपालिका– ५ भुजेलटारका एकै परिवारका ५ जना विरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

‘उदयपुरका विरामी रिफर’ गर्ने नोबेल अस्पतालप्रति आक्रोसित

सोमबार साँझदेखि त्रियुगा नगरपालिका ११ गाईघाटकी २९ वर्षीया सरस्वति गुप्तालाई सुत्केरी व्यथा लाग्यो । सुरुमा स्थानीय डा. लाई देखाउँदा ‘केस कम्प्लिकेटेड’ देखिएको भन्दै सुविधासम्पन्न अस्पताल जान सुझाव आयो । लामो समयदेखिको लकडाउन, त्यसमाथि कोरोना संक्रमित धेरै देखिएकाले स्थानीय अस्पतालमा उपचार गर्न परिवारलाई डर लाग्यो, संक्रमित पाइएकैले स्थानीय अस्पतालहरु पनि जो कोही विरामीको खुलेर उपचार गर्ने मनस्थितिमा छैनन् ।

स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ, विरामीको अवस्था सामान्य

विराटनगरस्थित कोरोना उपचार केन्द्रमा खटिँदै आएको स्वास्थ्यकर्मीहरूको कोरोना परीक्षण गरिएको छ । संक्रमितको उपचारमा संलग्न २८ स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमै विरामी परिने डरः न ओढ्ने, न ओछ्याउने

सोमबार दिउँसो पाँचथरको राँके बजार आसपासमा  पानी परिरहेको थियो। पानी परेसँगै मुटु कमाउने चिसो थियो। वर्षभरीनै चिसो हुने राँके क्षेत्रमा बैशाखमा पनि पानी परेसँगै अत्याधिक चिसो थियो। यो चिसोको समाना गरेर यहाँको क्वारेन्टाइनमा राखिएकाहरु बसिरहेका थिए।

औषधि र विरामी ओसार्न निःशुल्क गाडी सुविधा दिने गाउँपालिका उपाध्यक्षको घोषणा

विश्वमा डरलाग्दो ढंगले महामारीको रुप लिएको नोवेल कोरोना भाइरसको संक्रमण रोक्नका लागि आवश्यक औषधि तथा उपकरणहरु सम्बन्धित स्थानमा पुरयाउन र संक्रमित विरामीलाई उपचारका लागि अस्पतालसम्म लिनका लागि निःशुल्क गाडी सुविधा दिने यहाँकी एक गाउँपालिका उपाध्यक्षले घोषणा गरेकी छन्। कोरोनाको सम्भावित संक्रमणबाट आइपर्ने अप्ठेरोका बेला जनताको घर घरमा औषधि तथा स्वास्थ्यकर्मीहरु पुरयाउनका लागि आफ्नो निजी खर्चमा गाडी सुविधा दिने कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीले घोषणा गरेकी हुन्।

सिंगै गाउँ रुघाखोकीको चपेटामा

खप्तड छेडेदह गाउँपालिका–३ पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीको चपेटामा परेको छ। सातादिनअघिदेखि फैलिएको रुघाखोकी संक्रमणले पुराबाब्लाका ३ सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका छन्। हरेक घरका २ देखि ५ जनासम्म रुघाखोकी र ज्वरोकोका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए।

ज्वरोका विरामीलाई औषधि बोक्दै वडा अध्यक्ष

बडिमालिका नगरपालिका ४ रिला गाउँमा ज्वरोका विरामी देखिए। ज्वरो आएलगत्तै उनीहरु उपचार तर्फ लागे, तर उपचारमा समस्या देखियो। स्वास्थ्य संस्थादेखि निजी मेडिकलले स्वयम विरामीलाई नजिक गएर उपचार गर्न तयार भएनन्। मौसमी संक्रमणबाट ज्वरो आएपनि कोरोनाकै त्रास सबैतिर फैलियो। यतिसम्म की विरामीलाई सवारी समेत साधनले बोक्न मानेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्