९ मंसिर २०८१ आइतबार
image/svg+xml

बाजुरामा ज्वरोका विरामी देखिए

बडिमालिका नगरपालिका ४ रिलामा ज्वरोका विरामी देखिएका छन्। भारतबाट फर्किएका तीन जनामा सामान्य ज्वरोको लक्षण देखिएको वडा अध्यक्ष सुरेन्द्र नाथले बताएका छन्।

दैलेखमा १० जनामा ज्वरो देखियाे

दैलेखका चार स्थानीय तहमा १० जनामा ज्वरो देखिएको छ । ज्वरोका विरामीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आएपछि निगरानीमा राखिएको जनाइएको छ। दैलेखमा ज्वरोका विरामीहरु देखिएपछि निगरानीमा राखिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए। ज्वरो देखिनेमा भारतबाट फर्किएकाहरु र गाउँमै बसेकाहरुमा देखिएको हो।

डिप्रेसनको विरामी भएको आफन्तको भनाई

कोरियाबाट नेपाल आएपछि उपचार गर्न टेकु अस्पताल पुगेका एक व्यक्तिलाई अस्पतालबाटै भागेपछि सनसनी मच्चिएको थियो। ती व्यक्ति टेकुबाट भागेर बिहीबार आफ्नो घर धरान आएका थिए।

कुष्ठरोगका ३ हजार नयाँ विरामी भेटिए

आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार २८२ जना नयाँ कुष्ठरोगका विरामी फेला परेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३३ ले बढी हो। आर्थिक वर्ष २०७४/०७५ मा ३ हजार २४९ जनामा कुष्ठरोगको संक्रमण रहेको पत्ता लागेको थियो।

नेपालका ६९ जिल्लाका विरामी म्याग्दीको तातोपानीमा

धवलागिरी गाउँपालिका–५, मल्कवाङका सोनु सिर्पाली पैदल यात्राको क्रममा बाटोमा लडेर घाइते भए। सडकमा बज्रिएपछि सिर्पालीको हात, खुट्टामा समस्या देखियो। शरीर नचल्ने अवस्थामामा पुगेपछि विभिन्न अस्पतालमा उपचार गरी फर्किएका सिर्पालीको हातखुट्टा सुन्निन थालेपछि श्रीमती दिलु सिर्पालीको साहरामा बेनी नगरपालिका–४, तातोपानी कुण्डमा स्नान गर्न आए। एउटा हातमा बैसाखी र अर्को हातमा श्रीमतीको साहराले कुण्डमा आएका सिर्पालीले पाँचदिन स्नान गरेपछि अहिले आफ्नै खुट्टाले विस्तारै लौरो टेकेर बस्ने ठाउँबाट कुण्डभित्र पुग्छन्।

मेडिसिटीका डाक्टर बलात्कार प्रयास गरेको आरोपमा पक्राउ

बलात्कारको आरोपमा नख्खुस्थित मेडिसिटी हस्पिटलका डाक्टर रोहित कुमार झालाई ललितपुर प्रहरीले सोमबार प्रक्राउ गरेको छ।

वीपीका डाक्टरले विरामीलाई प्रतिबन्धित ‘फुड सप्लिमेन्ट’ किनाउने गरेको खुलासा

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका दक्षिण एयिसाकै प्रतिष्ठित एवं बिशेषज्ञ चिकित्सकहरु भएको नमुना अस्पताल मानिन्छ। तर, यहीँका चिकित्सकहरु भने कमिशनको लोभमा परेर विरामीहरुलाई प्रतिबन्धित र अनावश्यक औषधी प्रेस्काइब गरेर आर्थिक भार बोकाउने गरेको खुलेको छ।

आफ्नै रगत दिएर बिरामी बचाउने डाक्टर सम्मानित

रोल्पा उद्योग वाणिज्य संघले लामो समयदेखि जिल्ला अस्पतालमा कार्यरत दुई जना डाक्टरलाई सम्मान गरेको छ।

जङ्गली च्याउ खाएर परिवारै अस्पताल भर्ना

झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ।

अर्घाखाँचीमा भाइरल ज्वरोका विरामी बढे, डेंगी पनि भेटियो

देशभरी डेंगीका बिरामी बढेसँगै जिल्लामा पनि डेंगी रोगका बिरामी फेला परेका छन्।

भाइरल ज्वरोको अस्पतालमै राम्रो उपचार नपाउँदा एकको ज्यान गयाे

भाइरल ज्वरोले विरामी भएर अस्पताल भर्ना भएकी एक स्कुले छात्राको ज्यान गएको छ।

कृषि मन्त्री खनाललाई डेंगी संक्रमण

कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगी संक्रमण भएको छ। मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि उनी अस्पताल पुगेका थिए।

उदयपुरमा डेंगुका २१ जना विरामी

सुनसरीको धरानमा पहिलो पटक देखा परेको डेंगुको जिवाणु जताततै फैलिँदै उदयपुरमा पनि डेढ दर्जन बढीमा संक्रमण भएको पाइएको छ। सुरुमा सातादिनअघि कटारी बजारका २ जना विरामीमा देखा परेको डेंगुको जिवाणुले सोमबारसम्ममा २१ जनालाई विरामी पारेको फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

जंगली च्याउ खाँदा बुहारीको मृत्यु, सासु विरामी

जंगली च्याउ खाएर विरामी भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। जिल्लाको फाल्गुनन्द गाउँपालिका ५ फाक्तेपकी ४८ बर्षिय सुनिता चेम्जोङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दूषित पानीका कारण ५० बढी बिरामी

रैनादेवी छहरा गाउँपालिका–१ सिद्देश्वरको मौरान र अर्चलेका ५० जना भन्दा बढि झाडापखालाले विरामी परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्