२३ वैशाख २०८१ आइतबार
image/svg+xml

पदाधिकारी र तस्करको मिलेमतोमा वन फँडानी

सरकारी प्रतिबन्धको वेवास्ता गरी बढैयाताल गाउँपालिका–३ स्थितमानझुन्डी सामुदायिक वनमा व्यापक फँडानी भएको छ।

१२ बर्षिया बालिका बलात्कृत, प्रहरी मिलेमतोमा अभियुक्त फरार

बालिका बलात्कार पछि घटनास्थलबाटै पक्राउ परेका अभियुक्तलाई प्रहरीको मिलेमतोमा भगाइएको छ। चार दिनअघि भएको घटनालाई गुपचुप मै मिलाउन स्थानीय प्रहरी सक्रिय रहेको खुलासा भएको छ।

रानीपोखरीको टेण्डरमा मिलेमतो !

काठमाडौंको रानीपोखरी पुनर्निर्माण विवाद ताजा घटना हो । पुनर्निमाणका लागि काठमाडौंका मेयर र उपमेयरकै जुँगाको लडाइँमा फसेको रानीपोखरी कस्तो स्वरुपमा बन्ने अझै टुंगो छैन । रानीपोखरीलाई लिएर आम जनमानससमेत धु्रविकृत भइरहेका बेला यसैको निर्माण टेण्डरमा मिलेमतो भएको तथ्य खुलेको छ । तर यो तथ्य वास्तविक भने होइन । भक्तपुरमा तीनदिन प्रदर्शन भएको ‘रानीपोखरीको टेण्डर’ शीर्षकको नाटकमा यो तथ्य देखाइएको हो ।

‘बलात्कार घटनाका दोषीलाई प्रहरी मिलेमतोमा उन्मुक्ति दिन खोजियो’

महिलामाथि हुने बलात्कारजस्तो जघन्य अपराधका घटनाका दोषीलाई प्रहरीकै मिलेमतोमा उन्मुक्ती दिइएको भन्दै महिला अधिकारकर्मीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

५५ अर्बको ठेक्का मिलेमतोमा

नेपालमा ६ जना ठेकेदारले सिंगो निर्माण प्रशासन र राजनीतिक क्षेत्रलाई मिलाएर राखेका छन् । ठूल्ठूला ठेक्कामा उनीहरूबीच कसरी हुन्छ मिलेमतो ? प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार पारेको मूल्यांंकन प्रतिवेदनमा यसबारे खुलासा गरिएको छ।

नदी दोहनमा एलडिओकै मिलेमतो

महोत्तरीमा स्थानीय विकास अधिकारीकै मिलेमतोमा नदी दोहन भएको रहस्य खुलेको छ । जिल्ला समन्वय समिति (जिसस)को नाममा नक्कली रसिद प्रयोग गरेर नदी दोहन गरिरहेको प्रमाणसहित दुई जना पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो ।

कर्मचारीको मिलेमतोमा हुने अपराध रोक्ने प्रयास

बैंक कर्मचारीकै मिलोमतोमा आपराधिक गतिविधि बढ्न थालेपछि नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले मातहतका बैंक तथा वित्तीय संस्थालाई कर्मचारीको विवरण अद्यावधिक गरी अभिलेख राख्नुपर्ने व्यवस्था गरेको छ ।

‘सरकार–विप्लव मिलेमतोमा आक्रमण’

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार र नेत्रविक्रम चन्द विप्लवको मिलेमतोमा वामपन्थी गठबन्धनका उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण भएको बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले बुधबार साँझ राजधानीमा आयोजना गरेको विशेष पत्रकार भेटघाटमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारमाथि भएको आक्रमणमा सरकार र विप्लवको मिलेमतोको संकेत देखिएको बताए ।

परीक्षा कोठाभित्रै पुग्छ मिलेमतोमा ‘चिट’

मावि पडरिया थारुटोल परीक्षा केन्द्रमा आईतवार बिहान ९:३० बजे निमित्त प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराई सहितको अनुगमन टोलीले एकजना नक्कली निरीक्षकलाई पक्राउ गरेको छ। रतनेश यादवको निरीक्षक परिचयपत्र झुण्याएर अनिवार्य गणित विषयको परीक्षामा परीक्षार्थीलाई चिट चोराईरहेका अनिल महतोलाई पक्राउ गरीएको हो।

चुरे दोहनमा नियमनकारीकै मिलेमतो

धुलिखेल-बर्दिबास बिपी राजमार्ग चालू भएपछि पूर्वी नेपाल र राजधानीको दुरी छोटिएको छ। अहिले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले मध्यपूर्वी तराईमा झर्नुपरे यही सडक प्रयोग गर्छन्। पुष्पकमल दाहाल पछिल्लोपटक प्रधानमन्त्री भएदेखि तीनपटक यो बाटो प्रयोग गरिसकेका छन्।

मिलेमतोमा चुरे लुटः माफियासँग बिक्यो सरकार

सिरहाको उत्तरवर्ती दमदह–६ चोरपानेस्थित चुरेको भँगालोबाट एस्काभेटर प्रयोग गरी एक सातादेखि वन तथा खोलाजन्य पैदावार(ढुङ्गा, गिट्टी, बालुवा) उत्खन्न र ओसारपसार जारी छ। राष्ट्रिय गौरवको रुपमा रहेको चुरे वनभित्रबाट एस्काभेटर प्रयोग गरेर ढुङ्गा उत्खन्न गरी ट्रयाक्टरबाट निकासी तीव्र भए पनि नियन्त्रणकारी निकाय चुपचाप छ।

‘मिलेमतो’ मा वन फँडानी तीव्र

जिल्लाको दक्षिणी जोरायल क्षेत्रमा ठूलो मात्रामा सल्लाको वन फडानी भइरहेको छ । फडानीमा उपभोक्ता, ठेकेदार र वन कर्मचारीको मिलेमतो देखिएको छ ।

मिलेमतोमा काठ तस्करी

जिल्ला वन कार्यालयकै कर्मचारीको मिलेमतोमा वन फँडानी तथा काठ तस्करी भएको पाइएको छ । गादी गाविसको रंगपुरबाट ३० वटा गोलाइ काठ बरामद भएपछि प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको नेतृत्वमा सोमबार स्थलगत निरीक्षणमा पुगेको संयुक्त टोलीले यस्तो खुलासा गरेको हो ।

वनका कर्मचारीको मिलेमतोमा काठ तस्करी

राष्ट्रिय वनको संरक्षणको दायित्व लिएको जिल्लास्थित सरकारी निकाय जिल्ला बन कार्यालय कै कर्मचारीको मिलोमतोमा भारी मात्रामा जंगल फडानी र काठको तस्करी भइरहेको खुलेको छ।

नगरप्रहरीकै मिलेमतोमा मौलाउँदो फुटपाथ व्यापार

काठमाडौं-सुन्धारा, न्युरोड, रत्नपार्क आसपासका क्षेत्रमा हुँदै आएको फुटपाथ व्यापार काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरीकै कमजोरीका कारण मौलाएको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्