१० आश्विन २०८१ बिहीबार
image/svg+xml

कोरोना संक्रमितको उपचारमा ध्यान दिन माग गर्दै रिट

सर्वोच्च अदालतमा कोरोना भाइरस संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ।

हलेसीमा संक्रमितको सदगद गर्ने विधि र स्थान निर्धारण

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कोभिड–१९ को संक्रमणबाट संक्रमितको मृत्यु भएको अवस्थामा सदगद गर्ने स्थान निर्धारण गरेको छ ।

विपद्ले जगाएको मानवता

चिया गफमा ब्यस्त एउटा युवा समूह। चिया छलफलकै क्रममा उनीहरुले एउटा सोँच बनाए ‘कोरोनाको यो महाबिपत्तिमा हामीहरुले के गर्न सक्छौँ?’ कोरोना महामारीमा मानवता जगाउन उनीहरु हरेकले एक एक नयाँ योजना ल्याए। उनीहरुको चिया छलफलले एउटा निष्कर्ष निकाल्यो ‘कोरोना संक्रमितहरुलाई पौष्टिक आहार खुवाउने।’

उदयपुरमा संक्रमित थपिँदै गत वर्षको इपिसेन्टरमा भने शून्य

२०७७ वैशाख ५ गते स्थानीय नुरी मस्जिदका ११ भारतीय जमातीसहित १६ जनामा कोभिड संक्रमण देखिएपछि वैशाखभर मुलुककै ‘कोरोना इपिसेन्टर’ सावित भएको भुल्के यस पटक भने शान्त छ।

रौतहटमा एकैदिन १० संक्रमितको मृत्यु

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार रौतहटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ। जिल्लामा संक्रमण तथा संक्रमितको मृत्युदर निरन्तर बढेपछि शनिबारदेखि थप एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ।

धरानमा दुईजना कोरोना संक्रमितको निधन

कोरोना संक्रमणबाट आज धरानमा थप दुईजनाको निधन भएको छ। धरानको वडा नं ११ र वडा नं १५ का कोरोना संक्रमितको निधन भएको हो।

भेरी अस्पतालले घर फर्काउँदैन कोराेनाका बिरामी

अस्पतालबाट उपचार नपाएर घर फर्काउने बाध्यता भेरी अस्पतालमा यतिबेला टरेको छ। चुस्त व्यवस्थापनको ज्वलन्त उदाहरणले कोराना महामारीमा समेत भेरीमा उपचार सम्भव भएको छ।

हुम्ला र कालिकोटका संक्रमित जुम्लामा

कर्णाली प्रदेशको हुम्ला र कालिकोटमा अक्सिजन अभाव हुन थालेपछि त्यहाँका कोरोना संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको छ । कालिकोटका २ जना र हुम्लाका एक जना संक्रमित जुम्ला ल्याइएको हो ।

समस्यामा रोल्पाः ५८ संक्रमित थपिँदा २ को मृत्यु

नेताजीको पहलमा अक्सिजन जिल्ला आएको वा पठाइएका भ्रामक फेसबुके समाचारको प्रचारबाजी गर्ने काम निरन्तर भइरहेपनि अस्पतालमा भने अक्सिजनको चरम अभावका बारेमा खासै चासो दिइएको पाइँदैन।

‘उच्च आत्मबलले कोरोना जित्न सकिन्छ’

गत मंगलबार कोरोना भाइरस संक्रमणमुक्त भएका गायक सपुतले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई आत्मबल उच्च राख्न सके कोरोना भाइरसलाई जित्न सकिने जनाएका थिए।

संक्रमित बोक्न नगरप्रमुखले दिए दुई निजी गाडी

नगरपालिकाभित्र कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि प्रमुख श्रेष्ठले आफ्ना निजी बोलेरो जिप एम्बुलेन्सका रूपमा प्रयोग गर्न नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन्। बिहीबार उनले एक चालकको खर्चसमेत आफ्नो व्यक्तिगत गर्ने गरी प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई गाडीको चाबी हस्तान्तरण गराएका छन्।

छटपटाउँदै संक्रमित, बेपर्वाह मन्त्री

सरकारको अत्यासलाग्दो निष्क्रियताका कारण प्रदेश २ मा पनि कोरोना संक्रमित सर्वसाधारण छटपटाएर ज्यान गुमाउँदै छन्। प्रदेशका स्वास्थ्य केन्द्र चुस्त र दुरुस्त पार्ने जिम्मेवारीमा रहेका सामाजिक विकासमन्त्री भने लाचारी प्रदर्शन गर्दै कमजोरी ढाकछोपमा व्यस्त देखिन्छन्।

८ हजार ९६० नयाँ संक्रमित, ५ हजार ५५ संक्रमणमुक्त, २१४ जनाको मृत्यु

कूल २० हजार २ सय ४५ जनाको परीक्षण गर्दा सोको संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उदयपुरमा थप एकसाता निषेधाज्ञा लगाउन सिफारिस

संक्रमित संख्या बढ्ने क्रम नरोकिएपछि निषेधाज्ञा थप्न सिफारिस गरेको हो। बिहीबार बसेको बैठकले दिनहुँ संक्रमित बढ्ने क्रम नरोकिएको भन्दै थप एकसाता निशेधाज्ञा लम्ब्याउन सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले बताए।

पत्रकार ढकाललाई आर्थिक सहयोग

ढकाललाई नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिबाट प्राप्त नगद १० हजार रुपैंया, पत्रकार निशा ओलीबाट प्राप्त ५ हजार रुपैंया र महासंघ भक्तपुर शाखाको तर्फबाट ५ हजार रुपैंया गरी २० हजार नगद सहयोग गरेको जिल्ला अध्यक्ष जगतकृष्ण प्रजापतिले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्