८ वैशाख २०८१ शनिबार
समाज

पत्रकार ढकाललाई आर्थिक सहयोग

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले कोरोना संक्रमित पत्रकार हेमराज ढकाललाई स्वास्थ्य सामग्रीसहित आर्थिक सहयोग प्रदान गरेको छ।  

ढकाललाई नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिबाट प्राप्त नगद १० हजार रुपैंया, पत्रकार निशा ओलीबाट प्राप्त ५ हजार रुपैंया र महासंघ भक्तपुर शाखाको तर्फबाट ५ हजार रुपैंया गरी २० हजार नगद सहयोग गरेको जिल्ला अध्यक्ष जगतकृष्ण प्रजापतिले जानकारी दिए।

पत्रकार ढकाल घरमै स्वास्थ्यलाभ गरिरहेकोले उनको भाइमार्फत् सहयोग प्रदान गरिएको अध्यक्ष प्रजापतिले बताए । पत्रकार ढकाललाई मास्क, सेनिटाइजरलगायतका सामग्री प्रदान गरिएको थियो।

पत्रकार ढकाल महासंघ भक्तपुरका सहसचिव समेत हुन्। कोरोना संक्रमण भएपछि ढकालले भक्तपुर अस्पतालको हाई केयर युनिटमा उपचार भएको थियो। स्वास्थ्य गम्भीर बन्दै गएपछि उनलाई नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको आईसीयुमा थप उपचार गरेको थियो ।

यसैगरी नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको पत्रकार कल्याण कोषमा मध्यपुर थिमि ४ का स्थानीय सिद्धि श्रेष्ठले नगद ५ हजार सहयोग गरेको महासंघले जनाएको छ। 

प्रकाशित: ३० वैशाख २०७८ ०९:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App