४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमितको उपचारमा ध्यान दिन माग गर्दै रिट

सर्वोच्च अदालतमा कोरोना भाइरस संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृह, स्वास्थ्य तथा जनसंख्या, कानून, न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता मनीषकुमार श्रेष्ठले आज दायर गरेको निवेदनमा राज्यका सबै स्रोत लगाएर भए पनि संक्रमितको उपचारमा ध्यान दिन माग गरिएको छ।

नेपालको संविधानको धारा ३५ ९१० मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख छ।

प्रकाशित: २ जेष्ठ २०७८ १३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App