२७ श्रावण २०८३ बुधबार
image/svg+xml

‘अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्रको व्यवस्थापनको जिम्मा प्रदेश मातहतमा हुनुपर्छ’

गण्डकी प्रदेश सरकारले विकास निर्माण र अधिकार क्षेत्रमा देखिएका विभिन्न १६ कानुनी तथा प्रशासनिक जटिलता हटाउन सङ्घीय सरकारको ध्यानाकर्षण गराउने भएको छ।

नेपालगन्ज नाकाबाट ९२.२५ प्रतिशत व्यापार घाटा

नेपाल–भारत सीमाको प्रमुख व्यापारिक नाकामध्येको एक नेपालगन्ज भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८२/८३ मा आयात–निर्यात व्यापार १२ प्रतिशतभन्दा बढीले विस्तार भए पनि व्यापार घाटा भने झन् गहिरिएको छ।

टर्की भ्रमणका क्रममा इरानको सम्भावित खतराले विमान परिवर्तन गर्नुपरेको पुष्टि गर्दै ट्रम्पले के भने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा इरानबाट आएको गम्भीर सुरक्षा खतराका कारण गोप्य रूपमा विमान परिवर्तन गरिएको घटनालाई औपचारिक रूपमा पुष्टि गरेका छन्।

ट्रम्पले इन्फान्टिनोलाई हटाए ‘ठूलो गल्ती’ हुने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दबाबमा रहेका फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाइए त्यो ‘ठूलो गल्ती’ हुने बताएका छन्।

यसकारण राउटे करिडोरमा घट्दै छन् बाँदर

दुई महिनाअघि गाउँनजिकै राउटे समुदाय आएर बस्न थालेपछि सिम्ता गाउँपालिका–९ दुनीकी मिमकुमारी रानालाई लगाएको मकै बाली स्याहार्न पाउने आशा पलाएको छ।

७२ दिनपछि कर्मचारी कानुन फेरि अर्थमा

बहुचर्चित संघीय निजामती सेवा ऐनको मस्यौदालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले ७२ दिनसम्म होल्डमा राखेर भूमि व्यवस्था सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै फर्काएको छ।

पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान

बाघको सङ्ख्या बढेसँगै पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियानलाई सञ्चालन गर्ने तयारी गरेको छ।

सुर्खेतमा श्रीमानले पेट्रोल छर्केर आगो लगाउँदा महिला गम्भीर घाइते

सुर्खेतको भेरीगंगा नगरपालिका–१३ रामघाटमा श्रीमानले पेट्रोल छर्केर आगो लगाउँदा ५० वर्षीया महेश्वरी राना गम्भीर घाइते भएकी छन्।

स्मार्ट टेलिकम घोटाला: २२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धान सुरू हुनासाथ एनसेलका अध्यक्ष आचार्य र सिइओ फोले नेपालबाट बाहिरिएका छन्।

अभद्र गालीगलौज गरेको आरोपमा रास्वपा नेता यादव पक्राउ

सामाजिक सञ्जालमार्फत अभद्र किसिमको गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रविन्द्र यादव प्रहरीले पक्राउ परेका छन्।समाचारको सारांश

मल मागको उच्च, आपूर्ति कम

धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन १ देखि २६ गतेसम्म एक हजार २८७.७ मेट्रिक टन युरिया र २९५.७ मेट्रिक टन डिएपी बिक्री गरेको छ।

‘रेड सी’ मा तनाव : हुथी विद्रोहीले जहाजमा आक्रमण गर्दा छ जनाको मृत्यु

अरब क्षेत्रमा पछिल्लो समय जारी लडाइँका क्रममा यमनबाट जहाजमाथि गरिएको हुथी आक्रमणबाट भएको यो पहिलो मानवीय क्षति हो।

नौ वर्षपछि ओखलढुङ्गा-रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै

ओखलढुङ्गाको रमाइलोडाँडा–रुम्जाटार सडक नौ वर्षपछि पुनः कालोपत्र गरिने भएको छ।

साढे ५ लाख विद्यार्थीसँगै बाहिरियो साढे ५ खर्ब

उच्च शिक्षा अध्ययनका लागि नेपालबाट बिदेसिने विद्यार्थीको संख्या पछिल्ला ६ वर्षमा तीव्र रूपमा बढेको छ।

युइएफए सुपर कपमा रेफ्रीको चर्चा

उत्तरी अमेरिकामा फिफा विश्वकप सकिएको तीन साता पनि नबित्दै युरोपेली फुटबलको नयाँ सिजनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र एस्टन भिल्लाबिच युइएफए सुपर कपको प्रतिस्पर्धा हुँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्