२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

आजबाट 'गैरआवासीय नेपाली नागरिकता' वितरणको काम सुरु

प्रधानमन्त्री पुष्पकमल दाहालले गैरआवासीय नेपालीहरूलाई गैरआवासीय नेपाली नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।

गोरखामा आमाका नामबाट नागरिकता

गोरखामा आमाका नामबाट नागरिकता वितरण सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाले बाबुको पहिचान नखुलेका १६ वर्ष पूरा भएका नागरिकलाई आमाका नामबाट नागरिकता वितरण गर्न सुरु गरिएको हो।

अपाङ्गता भएकालाई घरमै पुगेर नागरिकता

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता दिन थालेको छ।

‘आमाको नामबाट नागरिकता नदिनु संविधानविपरीत’

नागरिकता व्यक्तिको व्यक्तिगत पहिचानसँग जोडिएको अत्यन्त संवेदनशील विषय हो। नागरिकता नहुँदा शिक्षा, व्यवसाय, विदेश भ्रमण आदि सम्पूर्ण कार्य रोकिन्छन्।

८१ वर्षमा नागरिकता पाउँदा........

मुग्लानबाट बर्षौपछि आफ्नै जन्मथलो नेपाल फर्किएका एक बृद्धले ८१ वर्षको उमेर नागरिकता लिएका छन्।झन्डै ६४ वर्षअघि गाउँ छाडेर रोजगारीको खोजीमा मुग्लान गएका ८१ वर्षीय काजीमान थिङले बिहीबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट ८१ वर्षको उमेरमा नागरिकता लिएका हुन्।

डेढ दशकपछि नागरिकताको छानबिन

जिल्ला प्रशासन कार्यालय रौतहटले एक जनाको नेपाली नागरिकताको प्रमाणपत्रको छानबिन सुरु गरेको छ। भारतीय नागरिकले नक्कली कागजात बनाएर नेपाली नागरिकताको प्रमाणपत्र लिएको डेढ दशकभन्दा बढी समयपछि नागरिकताको छानबिन सुरु गरेको हो।

बैतडीमा राहदानी बनाउने धेरै, नागरिकता बनाउने कम

बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको घटेको छ भने राहदानी बनाउने बढेको पाइएको छ।

कपिलवस्तुमा ३३ जनाले त्यागे नेपाली नागरिकता

भारतमा नागरिक भएर बस्न चाहेको भन्दै ४ जना र भारतमा विवाह भएको छोरीसंग बस्न चाहेको भन्दै एक जनाले नागरिकता त्याग गरेका छन्।

गिठीदेवीलाई ८९ वर्षमा नागरिकता

बझाङ जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका। गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ। सोही गाउँमा छिन्, ८९ वर्षीया गिठीदेवी जोशी।

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईसँग बयान लिने सिआइबीको तयारी

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिने विषयमा प्रहरी महानिरीक्षक वसन्त कुँवर र सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यबीच छलफल भएको छ ।

५९ वर्षमा : न नागरिकता,न घर

बिहेपछि बाबु र पति दुवैको मृत्यु भएपछि देउमाई नगरपालिकाकी एक महिला र उनका छोरा नागरिकताबाट वञ्चित भएका छन्। आमाकै नागरिकता नभएपछि हुर्केका छोराको समेत जन्म दर्ता हुन सकेको छैन।

चितवनमा ३९ जनालाई अंगीकृत नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अंगीकृत नागरिकता लिएका छन्। गत आर्थिक वर्षमा वैवाहिक अंगीकृत ३५ जना र अंगीकृत चार जनाले नागरिकता लिएका हुन्।

मुसहर बस्तीमा खुसीसँगै अन्योल

दलितका नाममा राज्यले छुट्याएका हरेक सेवासुविधाबाट उनीहरू कोसौं टाढा छन्, फेरि पनि नागरिकता नपाए ती सुविधाबाट आफूहरू वञ्चित भइने हो कि भन्ने त्रासमा उनीहरू छन्।

आँगनमै नागरिकता पाउँदा दंग

गुर्भाकोट नगरपालिका–७ को गोकुलपुरमा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका र सिम्ता गाउँपालिकाका नागरिकहरुलाई प्रशासनिक सेवा लिनका लागि सदरमुकाम वीरेन्द्रनगर जानुपर्ने बाध्यताको अन्त्य भएको छ।

दोहरो नागरिकताको अभियोगमा दुई जना पक्राउ

कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका-५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्