१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अपाङ्गता भएकालाई घरमै पुगेर नागरिकता

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता दिन थालेको छ। हिँडडुल गर्न नसक्ने व्यक्तिलाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता दिन सुरु गरेको हो।

नागरिकता लिन योग्य उमेर पुगेका तर, अपाङ्गताका कारण हिँडडुल गर्न नसक्ने व्यक्तिलाई घरमै पुगेर नागरिकता दिन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ।  

जिल्ला प्रशासनसम्म आउन नसक्ने पूर्ण अपाङ्गता भएका सिन्धुलीको सुनकोसी गाँउपालिका १ का स्थानियलार्ई प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले घरमै पुगेर नागरिकता दिएकी हुन्।  

सुनकोसी गाँउपालिका वडा नम्बर १ का वडाअध्यक्ष रामकुमार श्रेष्ठको सक्रियतामा वडामा भएका सबै असक्त तथा अपाङ्गता भएका व्यक्तिलाई नागरिकता दिइएको हो। सुनकोसी गाँउपालिकाका उपाध्यक्ष कपिल कोइरालासहितको टोली सुनकोसी गाँउपालिका १ दुम्जास्थित घरघरमै पुगेर नागरिकता दिएपछि अपाङ्गता भएका व्यक्ति र उनिहरूका परिवार खुसी भएका छन्। 

नागरिकता लिन उमेर पुगेका अपाङ्गता भएका व्यक्तिलाई जिल्ला प्रशासन जान सक्नेलाई वडाअध्यक्ष श्रेष्ठले सवारीको व्यवस्था गरि प्रशासनमै पु¥याएर सामुहिक रुपमा नागरिकता उपलब्ध गराएका थिए। अन्य पाँच जना अपाङगताका कारण हिँडडुल गर्न नसक्ने बोल्न नसक्ने व्यक्तिलाई प्रजिअ सुनिता नेपालसँगको समन्वयमा घरघरमै पुगेर नागरिकता वितरण गरिएको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिए।  

प्रशासनसँगको सहकार्यपछि प्रशासनसम्म पुग्न सक्नेलाई कार्यालयमै र पुग्न नसकेकालाई घरघरमै गएर नागरिकता उपलब्ध गराइएको प्रजिअ नेपालको भनाइ छ।  

प्रकाशित: १५ आश्विन २०८० ०६:१० सोमबार

जिल्ला प्रशासन कार्यालय सिन्धुली अपाङ्गता नागरिकता