२२ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

बैतडीमा राहदानी बनाउने धेरै, नागरिकता बनाउने कम

बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको घटेको छ भने राहदानी बनाउने बढेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्यांक हेर्दा नागरिकता बनाउने घटेको र राहदानी बनाउने बढ्दै गएको हो।

गत आर्थिक वर्ष २०७९/८० मा छ हजार तीन सय ३८ जनाले नागरिकता बनाएका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए।

यसमा तीन हजार तीन सय ९६ पुरुष र दुई हजार नौ सय ४२ महिलाले नागरिकता बनाएका हुन्। जसमध्ये १२ जनाले वैवाहिक अंगीकृत नागरिकता बनाएका छन्। यस्तै पाँच जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन्।

आर्थिक वर्ष २०७८/७९ मा आठ हजार पाँच सय १४ जनाले नागरिकता बनाएका थिए। यो एक वर्षको अवधिमा चार हजार दुई सय ५७ पुरुष र चार हजार दुई सय ५७ महिलाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्।

यस्तै २० जनाले  वैवाहिक अंगीकृत नागरिकता बनाएका छन्। यस्तै चार जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन्।

आव २०७७/७८ मा पाँच हजार पाँच सय ६४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए भने छ जनाले नागरिकताको प्रमाणपत्र परित्याग गरेका थिए।

यसैबीच यहाँबाट राहदानी बनाउने ह्वात्तै बढेको छ। गत वर्ष २०७९/८० मा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार छ सय ८० जनालाई राहदानी वितरण गरिएको छ। जसमा दुई हजार चार सय ९६ पुरुष र एक सय ८४ महिला छन्।  यो वर्ष द्रुत सेवाका लागि एक जनाको पनि सिफारिस गरिएको छैन।

यस्तै आव २०७८/७९ मा छ सय २२ जनालाई राहदानी वितरण गरिएको छ। यसमा पाँच सय ३५ पुरुष र ६४ महिलाले राहदानी बनाएका हुन्। यसका साथै द्रुत सेवाका लागि आठ सय छ जनाले राहदानीको सिफारिस गरिएको जनाएको छ। आव २०७७/७८ मा यहाँका तीन सय ९२ जनालाई राहदानी वितरण गरिएकामा चार सय ३१ जनालाई द्रुत सेवाका लागि सिफारिस गरिएको थियो।  

प्रकाशित: ८ भाद्र २०८० ०५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App