२० आश्विन २०८१ आइतबार
image/svg+xml

त्रिविका सबै परीक्षा स्थगित

वैशाख १७ गतेदेखि सुरु हुने त्रिविकै स्नातकोत्तर तहको सेमेस्टर प्रणालीका सबै परीक्षाहरू स्थगित गरिएको परीक्षा नियन्त्रक पुप्ष्राज जोशीले जनाए। यसैगरी पोखरा विश्वविद्यालयका सञ्चालित र अगामि दिनमा सञ्चालन हुने सबै पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको परीक्षा नियन्त्रक प्राडा. टेकराज ज्ञवालीले सूचना सार्वजनिक गरीनै सूचित गरेका छन्।

त्रिभुवन विश्‍वविद्यालयको पुर्वनिर्धारित सबै परीक्षा स्थगित

त्रिभुवन विश्‍वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ।

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ।

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी स्वरुप आज बैठक बोलाएको थियो। यद्यपी अर्को बैठकको मिति भने तय भइ नसकेको बताईएको छ।

कोरोना खोप अभियान स्थगित

नेपालले कोभिड–१९ विरुद्धको खोप अभियान हाललाई स्थगित गरेको छ। खरिद गरिएको १० लाख खोपसँगै थप खोप नआएपछि केही समयका लागि कार्यक्रम स्थगित गरेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाले जनाएको छ।

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। संसद सचिवालयले आइतबार सूचना प्रकाशित गरी बैठक अनिश्चितकालका लागि स्थगित गरेको हो।

प्रधानमन्त्री इलाम आउने कार्यक्रम स्थगित

प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी सीमाक्षेत्रको निरीक्षण गर्दै इलाम आइपुग्ने कार्यक्रम स्थगित भएको छ।

कोरोना भाइरसका कारण ऐतिहासिक रथ यात्रा स्थगित

विराटनगरमा आयोजना हुँदै आएको ऐतिहासिक रथ यात्रा कोरोना भाइरस (कोभिड-१९) को कारणबाट स्थागित भएको छ ।

यसवर्षको गुँला पर्व स्थगित

भक्तपुरमा यसवर्षको गुँला पर्व स्थगित भएको छ । यसवर्ष यो पर्व आउँंदो साउन ६ गतेदेखि सुरु हुँदैछ । कोरोना भाइरस रोग संक्रमणको जोखिम न्यूनीकरण गर्ने ध्येयले भक्तपुर नगरपालिकामा बिहीबार बसेको सरोकारवालाहरुसँंगको बैठकले पर्व स्थगित गरेको हो ।

नेपाली कांग्रेसकाे कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको छ । पार्टीका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक आइतबारका लागि बोलाइएको हो । बिहीबार कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय समेत बन्द गर्ने भएको छ । कांग्रेसले भोली पार्टीको झण्डा आधा झुकाउने र कुनै औपचारिक कार्यक्रम पनि नगर्ने भएको छ ।

छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित

नेपाली कांग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक कांग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको आज निधन भएको थियो ।

नेकपा स्थायी कमिटीकाे बैठक १६ गतेसम्मका लागि स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सीमा विवाद सम्बन्धी छलफल नसकी असार १६ गते सम्मका लागि स्थगित भएको छ । असार १४ गते मदन जयन्ती र १५ गते धान दिवस परेकाले बैठक १६ गतेसम्मका लागि स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यसपटक स्थगित एसइईको कानुनी व्यवस्थै परिवर्तन गरिँदै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपालले सरकार (मन्त्रिपरिषद्) बाट गत जेठ २८ गते २०७६ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) को परीक्षा नलिई आन्तरिक मूल्यांकनका आधारमा ग्रेडिङ गर्ने जुन निर्णय भएको छ, त्यसलाई संरचनाका रूपमा विकास गर्न कानुनमा परिवर्तन आवश्यक हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्