७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपा स्थायी कमिटीकाे बैठक १६ गतेसम्मका लागि स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी शनिबार बालुवाटारमा बसेको बैठकमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतागण । तस्बिर : रासस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सीमा विवाद सम्बन्धी छलफल नसकी असार १६ गते सम्मका लागि स्थगित भएको छ । असार १४ गते मदन जयन्ती र १५ गते धान दिवस परेकाले बैठक १६ गतेसम्मका लागि स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बुधबारबाट सुरु भएको बैठकमा शुक्रबार र शनिबार दुई सीमा विवाद सम्बन्धी छलफल चलेको थियो । सीमा अतिक्रमण र गुमेको भूमि कसरी फिर्ता गर्ने भन्ने विषयमा स्थायी समिति सदस्यहरूले आफ्नो धारणा राखेका थिए ।  

शनिबार २१ जनाले आफ्नो विचार राखेको प्रवक्ता श्रेष्ठले बताए । नेपालको गुमेको भूमिसहितको नक्सा प्रकाशन गरी त्यसलाई संविधानको अनुसूचीमा राख्न संशोधन मार्फत सार्वभौमिकता र भूमि रक्षाका लागि ऐतिहासिक पहल भएको नेताहरूले बताएका थिए । भूमि फिर्ताका लागि समेत संविधान संशोधनमा जस्तै राष्ट्रिय एकताका साथ अगाडी बढ्नुपर्ने धारणा स्थायी समिति सदस्यहरुले राखेका थिए ।  

शनिबार देवेन्द्र पौडेल, सुरेन्द पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र रघुजी पन्तले आफ्नो धारणा राखेका थिए । यस्तै टोप बहादुर रायमाभी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, नन्द कुमार प्रसाई, प्रदीप ज्ञवाली मणी थापा, घनश्याम भूसाल, शक्ति बस्नेत, बामदेव गौतम, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ, इश्वर पोखरेल, विष्णु पुकार श्रेष्ठ र पुष्प कडेलले पनि शनिबारको बैठकमा आफ्नो धारणा राखेका थिए । 

शुक्रबारको बैठकमा उनुपस्थित भएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा केही समय सहभागि भएका थिए । साढे ११ बजेबाट सुरु भएको बैठकमा ओली करिब आधा घन्टा बसेका थिए । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य अवस्था अनुकुल नभएको जानकारी गराउँदै बैठकबाट बाहिरिएका थिए । 

प्रकाशित: १३ असार २०७७ १२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App