१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गाउँपालिकामा अझै बजेट आएन

गोरखाको गण्डकी गाउँपालिकाले शनिबार बोलाएको गाउँसभा पुनः स्थगित भएको छ । गत असार १० गते भित्र सक्नुपर्ने गाउँसभा गणपूरक सदस्य संख्या नपुग्दा स्थगित भएको गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए ।  

‘४४ जना गाउँसभा सदस्यमा २२ जना मात्रै उपस्थित हुनुभयो,’ अध्यक्ष रानाले भने ‘गणपूरक संख्या नपुगेका कारण गाउँसभा स्थगित भएको हो ।’ चालु आर्थिक वर्षमा सञ्चालन गर्ने नीति कार्यक्रम, बजेट उक्त गाउँपालिकाले अहिलेसम्म ल्याउन सकेको छैन ।  

अब असोज १३ गतेका लागि गाउँसभा बोलाइएको गाउँपालिका अध्यक्ष रानाले बताए । ‘तीन दिन भित्र पुनः सभा बोलाउन मिल्ने कानुनी व्यवस्था छ,’ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरण गुरुङले भने ‘त्यो समयमा सहमति होला यदी भएन भने पुनः स्थगित गरेर अर्को मिति तोक्नुको विकल्प हुँदैन ।’  

गाउँपालिकाको केन्द कहाँ राख्ने भन्ने विषयमा नेकपा र कांग्रेस निकटका जनप्रतिनिधिबीत सहमती नहुँदा गाउँसभा हुन नसकेको हो ।  

गाउँपालिकाको केन्द्र बाहेक अन्य विषयमा सहमती गरेर बजेट ल्याउन आग्रह गरेको र गाउँपालिका अध्यक्षले अहिले नै सहमती गरेर जानुपर्ने बताएपछि गाउँसभा हुन नसकेको नेकपा निकट वडाध्यक्ष तुलसी रेग्मीले बताए ।  

गाउँसभा समयमै नहुँदा गण्डकी गाउँपालिकाको चालु आर्थिक वर्षका योजना, कार्यक्रम प्रभावित बनेको छ । यो गाउँपालिकाले मात्रै जिल्लामा अहिलेसम्म पनि बजेट ल्याउन सकेको छैन ।

प्रकाशित: १२ आश्विन २०७७ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App