२० आश्विन २०८१ आइतबार
image/svg+xml

निःशुल्क खानाको सट्टा रोजगारी

बन्दाबन्दीको क्रममा तनहुँको दमौलीमा निःशुल्करुपमा सञ्चालन गरिएको खाना खुवाउने कार्यक्रम स्थगित गर्न प्रस्ताव आएको छ।

अधिनायकवादको पराकाष्टा

नेकपा कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समितिको बैठकमा प्रस्तुत गरिने विषयहरूको टुङ्गो लाग्न अझै बाँकी भएकाले गएको बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको हो भन्नुभयो।

२५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित

काेरोना भाइरसका कारण पूर्व निर्धारित २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित गरिएको छ । सोका लागि लुम्बिनीमा गनै भनिएका सबै औपचारिक कार्यक्रम सबै रोकिएका हुन । कोषका कामु सदस्य सचिव ज्ञानि राईले बिज्ञप्ती निकाल्दै बुद्ध जयन्ती र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित भएको जनाएका छन् ।

बन्दाबन्दी अन्त्यको दुई सातापछि एसइईको तयारी

शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ।

त्रिभुवन विश्वविद्यालयद्वारा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म सबै तहका परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

नेपथ्यका कार्यक्रम स्थगित

कोरोना संक्रमण रोकथामका लागि सरकारले सतर्कता अपनाएपछि लोक रक ब्यान्ड नेपथ्यले एक महिनाको लागि आफ्ना सबै कार्यक्रम स्थगित गरेको छ।

पाकिस्तान सुपर लिग रोकियो

सेमिफाइनल खेल अगाडि विदेशी खेलाडीमा कोरोना भाइरसको लक्षण देखिएपछि पाकिस्तान ट्वान्टी–२० क्रिकेट सुपर लिग मंगलबार स्थगित भएको छ।

स्थगित हुँदै कन्सर्ट

सांगीतिक रक ब्यान्ड १९७४ एडी, गायिका आनी छोइङ र्डोल्मा र झुमा लिम्बुको ‘सुर सरगम’ नामक सांगीतिक कार्यक्रम स्थपित भएको छ।

मायामी ओपन नहुने

क्यालिफोर्नियामा तय भएको एटिपी/डब्लुटिए इन्डियन वेल्सका प्रतियोगिता स्थगित भएसँगै मायामी ओपनको आयोजकले आफ्नो पूर्वनिर्धारित कार्यक्रम सञ्चालन नहुने जनाएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप रद्द

कोरोना भाइरसका कारण नेपालमा आयोजना हुने गौतम बुद्ध हिमालयन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप स्थगित भएको छ।

प्रिमियर लिगमा पनि कोरोना प्रभाव

म्यानचेस्टर सिटीमा तय भएको आर्सनलको खेल बुधबार स्थगित भएको छ।आर्सनलका खेलाडी कोरोना भाइरसका संक्रमण क्वारेन्टाइनमा रहेपछि पहिलो पटक प्रिमियर लिगको तालिका स्थगित गर्न परेको हो।

सिरी ‘ए’ रोक्न प्रधानमन्त्रीको निर्देशन

इटालीका प्रधानमन्त्री ग्युसेप्पी कोन्टेले विश्वभर फैलिँदै गरेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर आफ्नो राष्ट्रमा पनि तीव्र गतिमा रहेको भन्दै अप्रिल ३ सम्मका लागि इटालियन सिरी ‘ए’ सहित सम्पूर्ण खेल गतिविधि तत्काल स्थगित गर्न निर्देशन दिएका छन्।

निगमले दोहा उडान स्थगित गर्‍यो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण निगमले आजैदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो।

विश्वकप छनोट र घरेलु फुटबल स्थगित

कतार विश्वकप छनोट २०२२ तथा एसियन कप छनोट २०२३ अन्तर्गत चाइनिज ताइपे र अस्ट्रेलियासँगको घरेलु खेलका लागि तयारी जुटेको नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण हालका लागि स्थगित गरिएको छ।

कोरोना कहर : ईपीएल क्रिकेट स्थगित

आगामी चैत १ देखि १५ गतेसम्म काठमाडौंमा हुने तय भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता कोरोनाका कारण स्थगित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्