२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

कोरोना कहर : ईपीएल क्रिकेट स्थगित

काठमाडौं– आगामी चैत १ देखि १५ गतेसम्म काठमाडौंमा हुने तय भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता कोरोनाका कारण स्थगित भएको छ।

बिहीबार ईपीएलका कार्यकारी निर्देशक आमिर अख्तरले सूचना जारी गर्दै कोरोनाको संक्रमणको जोखिमलाई ध्यान राख्दै प्रतियोगिता अनिश्चितकालका स्थगित गरिएको जानकारी दिए। उनका अनुसार अर्काे घोषणा नभएसम्मका लिग स्थगित गरिने र विदेशी खेलाडी र नेपाली राष्ट्रिय टिमको खेल तालिका मिलाएर अर्काे मिति घोषणा गरिनेछ।

प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुने तय भएको थियो। यसपटकको ईपीएलमा वेस्ट इन्डिजका क्रिस गेल, ड्वायन स्मिथ, न्युजिल्यान्डका कोरि एन्डर्सन, श्रीलंकाका उपुल थाराङ्गा, अफगानिस्तानका मोहमद साहजाद, आयरल्यान्डका केभिन ओब्रायन र पाउल स्टर्लिङ लगायतका खेलाडी नेपाल आउने बताइएको थियो।

संसारभर फैलिरहेको कोरोना भाइरसका कारण खेलकुद प्रतियोगितालगायत अन्य मेला महोत्सव कार्यक्रमलाई असर गरिरहेको छ।

 

प्रकाशित: २२ फाल्गुन २०७६ ०९:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App