coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

गौतम बुद्ध अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप रद्द

काठमाडौं – कोरोना भाइरसका कारण नेपालमा आयोजना हुने गौतम बुद्ध हिमालयन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप स्थगित भएको छ।

आयोजकले लाजिम्पाटमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै च्याम्पियनसिप स्थगनका साथै आफ्ना अन्य गतिविधि सार्वजनिक गरेको थियो। नेपाल सितोरियो कराते महासंघका अध्यक्ष दावा गुरुङले अन्तर्राष्ट्रिय च्याम्पियनसिप कोरोनाका कारण स्थगित भए गर्नुपरे पनि केही गतिविधि सञ्चालन गरिएको बताए। ‘हाम्रो पूर्वनिर्धारित कार्यक्रमअनुसार विश्व सितोरियो कराते महासंघ अध्यक्ष हासी इवातो आइपुग्नुभयो। यद्यपि, च्याम्पियनसिप नहुने भएपछि हामीले उहाँको उपस्थितिलाई अवसरका रूपमा लिँदै प्रशिक्षण, सेमिनार र पहिलो देखि छैटौं डानसम्मको ग्रेडिङ सञ्चालन गर्‍यौं,’ संघका अध्यक्ष गुरुङले भने। करिब तीन सय खेलाडीले ग्रान्ड मास्टरसमेत रहेका इवातोबाट प्रशिक्षण तथा ग्रेडिङ लिएका थिए।

विश्व करातेका शीर्ष पदाधिकार पहिलो पटक नेपालमा आएको संघले जनाएको छ।  पत्रकार सम्मेलनमा विश्व सितोरियो कराते महासंघ अध्यक्ष हासी इवातोले नेपालले करातेमा धेरै विकास गरिरहेको उल्लेख गर्दै कला र अनुशासनमा नेपाली खेलाडीले धेरै विकास गरेको बताए। नेपाल निकै सुन्दर रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि नेपाल भ्रमणलाई निरन्तरता दिनेसमेत बताए। गुरुङले नेपालमा पहिलो पटक हुन लागेको ठूला प्रतियोगिता तत्कालका लागि स्थगित भए पनि आगामी डिसेम्बरमा आयोजना गर्ने बताएका छन्। पोखरामा आयोजना तय भएको गौतम बुद्ध हिमालयन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा ४५ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्दै थिए। यद्यपि, कोरोनाका कारण अन्तिम समयमा ११ राष्ट्रले मात्र आउने जानकारी दिएपछि संघले च्याम्पियनसिप रद्द गरेको जनाएको छ। 

प्रकाशित: २९ फाल्गुन २०७६ ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App