९ आश्विन २०८१ बुधबार
image/svg+xml

८ हजार ९६० नयाँ संक्रमित, ५ हजार ५५ संक्रमणमुक्त, २१४ जनाको मृत्यु

कूल २० हजार २ सय ४५ जनाको परीक्षण गर्दा सोको संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पत्रकार ढकाललाई आर्थिक सहयोग

ढकाललाई नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिबाट प्राप्त नगद १० हजार रुपैंया, पत्रकार निशा ओलीबाट प्राप्त ५ हजार रुपैंया र महासंघ भक्तपुर शाखाको तर्फबाट ५ हजार रुपैंया गरी २० हजार नगद सहयोग गरेको जिल्ला अध्यक्ष जगतकृष्ण प्रजापतिले जानकारी दिए।

१० दिन थपियो निषेधाज्ञाः किनमेलका लागि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय

धबार प्रशासन कार्यालयमा बसेको कोरोना संकट व्यवस्थापन केन्द्रले गरेको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय प्रजिअ चक्रपाणी पाण्डेयले बताए। उनका अनुसार निषेधाज्ञा जेठ १० गते राति १२ बजे सम्म हुनेछ।

गोरखामा २१ देखि ४० वर्षका संक्रमित धेरै

गोरखामा कोरोना संक्रमितको संख्या पाँचसय नाघेको छ । जिल्ला भित्र र बाहिर गरी संक्रमितको संख्या दिनदिनै थपिँदो छ । संक्रमित मध्ये सबैभन्दा धेरै २१ देखि ४० वर्ष उमेर समुहका रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

कोरोना संक्रमण : ९ हजार ३ सय ५ थप, काठमाडौं उपत्यकामा मात्र ३ हजार ९ सय२४, १ सय ६८ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३ सय ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौँ उपत्‍यकाका मात्र ३ हजार ९ सय२४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बंगलादेशका राजदूतले पठाए ३२ हजार भायल रेम्डेसिभिर

कोरोना संक्रमितलाई मृत्यु हुनबाट जोगाउने औषधिको रुपमा लिइएको रेम्डेसिभिरको अभाव रहेको अवस्थामा राजदूत डा. मिश्रले पहल गरी ३२ हजार भायल ढाकाबाट मंगलबार साँझ नेपाल पठाएका हुन्।

मानवता रित्तिएको ‘एक थान सरकार’

‘हजार कदम हिँड्ने कुरा गर्नुभन्दा एक कदम चालेको राम्रो’ भन्ने भनाइबाट सरकार पूरै चुकेको छ। उसले समृद्धिको गफ त हजारौं माइलको दियो तर अक्सिजनको अभावमा छटपटाइरहेका बिरामीलाई एक मुट्ठी सास दिन एक पाइलो सार्न सकेन।

आलोचना पछि गरौँला, अहिले संक्रमण रोक्न सहकार्य गरौं

आलोचना गर्नुपरे पछि गरौँला, अहिलेलाई आफू बाँचौं र अरुलाई पनि बचाउन आफ्नो स्थानबाट सक्दो सहयोग र पहल गरौं। केही गर्न नसके घरमै बसेर, तथा बाहिर जाँदा स्वास्थ्यका मापदण्ड पालना गर्ने गरौं।

कोरोना संक्रमितलाई उपचारबाट बञ्चित नगर्न बाँके कांग्रेसको आग्रह

नेपाली कांग्रेस बाँकेले कोरोना संक्रमित बिरामी कसैलाई पनि उपचारबाट बञ्चित नगर्न आग्रह गरेको छ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका संयोजक एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई मंगलबार ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेसले यस्तो आग्रह गरेको हो ।

बर्दियामा ९ जनाको मृत्यु

नेपालगन्जस्थित भेरी र कोहलपुरमा कोभिड अस्पतालमा उपचारको क्रममाा रहेका संक्रमित मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय जनाएको छ।

बाँकेको स्थिती झन् भयावहः दिनहुँ बढ्दै संक्रमण र मृत्युदर

नयाँ भेरियन्टसहित तीव्र रुपमा फैलिएको कोरोना महामारीको संक्रमण र मृत्युदर दिनहुँ बढ्दा बाँकेको स्थिती झन् भयावह बनेको छ। स्थिती भयावह बनेपछि यहाँका अस्पतालले सरकारसँग हार–गुहार गरिरहेका छन्। अस्पतालमा बेड विस्तार गरेपनि अक्सिजन पर्याप्त नहुँदा स्थिती झन् भयावह बनेको हो।

अस्पताल र औषधि पसलबाहेक इटहरीमा सम्पूर्ण ठप्प

उपमहानगरपालिकाको बैठकले अस्पताल र औषधि पसलबाहेक फलफूल र दूधडेरी पसल दैनिक बिहान १० बजेसम्म खोल्न दिएपनि अन्य सम्पूर्ण ठप्प गर्ने निर्णय गरेको हो।

पत्रकार महासंघ जुम्लाको हलमा ५ बेडको आइसोलेसन

पत्रकार महासंघको हलमा ५ बेडको आइसोलेसन कक्ष बनेको हो। अहिलेसम्म यहाँ पत्रकार संक्रमित नभए पनि आगामी दिनमा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आइसोलेसन तयार पारिएको अध्यक्ष नेत्रबहादुर शाहीले जानकारी दिए।

९ हजार ४८३ नयाँ संक्रमित, ५ हजार २२५ संक्रमणमुक्त, २२५ जनाको मृत्यु

कूल २१ हजार ३ सय १६ जनाको परीक्षण गर्दा सोको संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना अस्पताल र आइसोलेसन सेन्टर नाम मात्रका, संक्रमित जोखिममा

अस्पतालमा न स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री छ न त उपचारका लागि कोरोना संक्रमित नै भर्ना भएका छन्। अस्पताल केवल देखाउनका लागि मात्रै निर्माण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्