९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

मानवता रित्तिएको ‘एक थान सरकार’

कोरोना संक्रमित बढ्दै गर्दा अक्सिजनको चरम अभाव छ। काठमाडौं उपत्यकाका निजी अस्पतालले अक्सिजनको अभाव रहेको भन्दै कोरोना संक्रमितलाई भर्ना गर्न नसकिने जनाउँदै छन्। समृद्धिको नारा दिएर शासन गर्दे आएको सरकार एक थान सिलिण्डरसमेत उपलब्ध गराउन नसक्ने अवस्थामा पुगेको छ।  

एकातिर सिलिण्डरमा मानवता रित्तिएको छ, अर्कोतिर सरकार हावा रित्तिएको सिलिण्डरजस्तो निर्जिव बनेको छ। ‘हजार कदम हिँड्ने कुरा गर्नुभन्दा एक कदम चालेको राम्रो’ भन्ने भनाइबाट सरकार पूरै चुकेको छ। उसले समृद्धिको गफ त हजारौं माइलको दियो तर अक्सिजनको अभावमा छटपटाइरहेका बिरामीलाई एक मुट्ठी सास दिन एक पाइलो सार्न सकेन।

उसले भीमकाय आयोजनाहरुका शिलान्यास त गर्याे तर जनताको मनमा आफू अटाउने सानो घर बनाउन सकेन। उसले जेष्ठ नागरिकको खातामा केही थान भत्ता त हालिदियो तर जीवनको महत्वपूर्ण समयमा एक मुट्ठी सास दिन सकेन।  

मुलुकको यस्तै अवस्था र अक्सिजनको अभावमा छट्पटाईरहेका बिरामीको क्रन्दनलाई लिएर कवि अर्जुन पराजुलीले लेखेको कविता यति बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। ‘समृद्धिका सबै कुरा छाडेर एक थान सिलिण्डर माग गरेको’ त्यो कविताले सारा नेपालीहरुको भावनालाई समेटेको छ, यसर्थ पनि अहिले अक्सिजनको सिलिण्डरसँगै व्यंग्यकवि अर्जुन पराजुलीको कविता पनि समान रुपमा अघि आएको छ।  

उसले  भीमकाय आयोजनाहरुका शिलान्यास त गर्याे तर जनताको मनमा आफू अटाउने सानो घर बनाउन सकेन। उसले जेष्ठ नागरिकको खातामा केही थान भत्ता त हालिदियो तर जीवनको महत्वपूर्ण समयमा एक मुट्ठी सास दिन सकेन। 

कविताको सुरुवातमा कविले ‘पानी जहाज, चुच्चे रेल, स्मार्ट सिटी सबै लैजा’ भन्दै त्यसको बदलमा जीवनको लागि एक थान भरोसा मागेका छन्। पानी जहाज ल्याउने सपना र स्मार्टसिटी भन्दा जीवन जिउने रहर निकै महत्वपूर्ण रहेको सत्यलाई कविले सरकारसँग अहिलेको पहिलो र अनिवार्य ‘एक थान जिम्मेवारी’ पूरा गर्न माग गरेका छन्।

त्यतिले पनि पुगेन भने तैलै गरेका उद्घाटन, शिलान्यास र पाइपपाइपबाट ल्याउने भनेको ग्यास लैजा भन्दै कविले झुटा बाचाभन्दा एक थान सत्य मागेका छन्।  

मुलुकको हालतमा कवि यति भावुक बनेका छन्। अन्त्यमा उनले निकै ठूलो पीडा पोखेका छन्। बाको हातको औठी र आमाको गलाको तिलहरी लैजा सरकार भन्दै उनले यी सबैको बदला एक थान सिलिण्डर मागेका छन्।  

सरकार, आशा, भरोसा र विश्वासको प्रतीक हुनुपर्ने। ऊ आपतको समयमा  जनताको साथ रहेर सर्वसाधरणको जीवन जोगाउन लागि पर्नुपर्ने । तर त्यसो हुन सकिरहेको छैन। विश्वासको अभावमा ऊ आफै हावा रित्तिएको एक थान रित्तो सरकार बन्न पुगेको छ। साथमा  कवि अर्जुन पराजुलीको कविता 

 

प्रकाशित: २९ वैशाख २०७८ ०९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App