९ आश्विन २०८१ बुधबार
image/svg+xml

व्यवसायि रानाद्वारा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई २५ सिलिण्डर अक्सिजन सहयोग

निर्माण व्यवसायि महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र रानाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन उपलब्ध गराएका छनन्। उनले २५ सिलिण्डर अक्सिजन खरिद गरेर प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन्।

अस्पताल कोरोना संक्रमितले भरिएपछि अन्य बिरामीलाई उपचारमा सास्ती

टीकापुर नगरपालिका–१ की ललिता जैशी गर्भवती थिइन् । स्वास्थ्यकर्मीले उनलाई सुत्केरी हुने मिति जेठ ७ गते दिएका थिए । तर उनलाई वैशाख २२ गते नै ब्यथा लाग्यो । उनका आफन्तले निजी क्लिनिकमा लगे । स्वास्थ्यकर्मीले भिडियो एक्सरे गरे ।

गण्डकी प्रदेशः १९ घण्टामा आठजना संक्रमितको ज्यान गयो

गण्डकी प्रदेशमा थप आठजना कोरोना संक्रमितको ज्यान गएको छ । आइतबार दिउँसो १ बजेदेखि सोमबार बिहान ८ बजे (१९ घण्टामा) आठजना संक्रमितको ज्यान गएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ ।

उद्योग बाणिज्य संघको पहलमा ५० सिलिण्डर अक्सिजन

जिल्लामा कोरोना संक्रमितहरुको उपचारमा सहजता ल्याउन दाङ जिल्ला उद्योग बाणिज्य संघ अक्सिजनको जोहोमा लागेको छ ।

कोरोना संक्रमितलाई पौष्टिक आहार

अभियानमा लागेका युबाहरुले प्रत्यक दिन यसैगरि कोरोना संक्रमितहरुलाई पौष्टिक आहार उपलब्ध गराउने बताएका छन् । कोरोना संक्रमितहरुलाई पौष्टिक आहारले रोग संग लड्न सक्ने क्षमता प्रदान गर्ने भएकाले मानवीय नाताले पनि यो अभियान थालिएको अभियानका संयोजक सञ्जिब पछाईँले जानकारी दिए ।

वीपी प्रतिष्ठानमा तीन कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड अस्पतालमा तीन जना कोरोना संक्रमितको निधन भएको छ। प्रतिष्ठानका अनुसार उपचारको क्रममा झापा, मोरङ र सुनसरीका तीन संक्रमित पुरुषको निधन भएको हो।

कोरोना संक्रमित बढ्दै, तयारी अझै भद्रगोल

जिल्ला अस्पताल जलेश्वरमा एक वर्षअघि जडान गरिएको भेन्टिलेटर चलाउने दक्ष जनशक्ति नहुँदा अस्पताल रेफर सेन्टरमा सीमित बनेको छ। आईसियू, भेन्टिलेटर सेवा सञ्चालनका लागि जनशक्ति नहुँदा सिकिस्त कोरोना संक्रमितहरूको उपचारमा समस्या भएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पोण्डेले बताए।

संक्रमित सांसदले पनि विश्वासको मतमा मतदान गर्न पाउने, भोलि नै सबै प्रक्रिया सकाउने

प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन सोमबार संसदमा आउँदा कोरोना संक्रमित सांसदहरुले मतदान गर्न पाउने व्यवस्था प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको संसद सचिवालयले जनाएको छ।

पोखरामा तीनदिनमा थप ११ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ११ जना कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो तीनदिनमा ती संक्रमितको ज्यान गएको प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ ।

अक्सिजन अभावमा भक्तपुरमा दुई संक्रमितको मृत्यु

भक्तपुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जनालाई दिँदै गरेको अक्सिजन सकिएपछि मृत्यु भएको हो।

भेरी अस्पताल र मेडिकल कलेजमा थप १० जनाको मृत्यु

बाँकेमा थप १० जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ८, बर्दिया र कैलालीका एक/एक जना रहेका छन् । नेपालगन्ज–१० बाँकेकी ५४ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ ।

संक्रमितको शव लैजानै समस्या

कोरोना संक्रमणबाट निधन भएका मध्ये सबैका आफन्तले शव व्यवस्थापनमा निकै धेरै समस्या भोग्नु परिरहेको छ।

वीपी प्रतिष्ठानमा ३ जना कोरोना संक्रमितको निधन

कोभिड १९ अस्पतालमा उपचाररत सुनसरीको धरान, सिराहाको गोलबजार र मोरङको मिक्लाजुङका संक्रमितको निधन भएको प्रतिष्ठानले जानकारी दिएको छ।

कपिलवस्तुकाे अस्पतालममा कोरोना संक्रमित भरिभराउ, भुईंमा उपचार गर्न बाध्य

कपिलवस्तुको जिल्ला अस्पतालममा रहेका बेडहरु संक्रमितहरुले भरिन थालेपछि बिरामीहरुलाई भुईंमा राखेर उपचार बाध्य भएको अस्पतालले जनाएको छ।

धरानमा कोरोना संक्रमित वृद्धको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित कोभिड अस्पतालमा उपचारको क्रममा धरान १२ का ७१ वर्षीय वृद्धको निधन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्