९ आश्विन २०८१ बुधबार
image/svg+xml

कोरोना संक्रमित महिलाकाे कोखबाट स्वस्थ नवजात शिशुकाे जन्म

अचम्मको कुरा कोरोना संक्रमित आमाले आफ्नै कोखबाट जन्म दिएको नवजात शिशुलाई भने कोरोना सक्रमण भएको छैन। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यो साता मात्रै तीन जना कोरोना संक्रमित महिलाले स्वस्थ बच्चा जन्माइसकेका छन्।

वीपी प्रतिष्ठानमा उदयपुरका संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड १९ अस्पतालमा उदयपुरका एक कोरोना संक्रमित वृद्धको निधन भएको छ।

कोहलपुर उद्योग वाणिज्य संघले दियो १८ थान सिलिण्डरसहित अक्सिजन

कोरोना संक्रमितको उपचारका लागि कोहलपुर उद्योग वाणिज्य संघले अस्पताललाई अक्सिजन सहयोग गरेको छ। कोहलपुर नगरपालिकाले सञ्चालन गरेको कोभिड अस्थायी अस्पताललाई संघले १८ थान सिलिण्डरसहितको अक्सिजन सहयोग गरेको हो।

अर्घाखाँचीमा ४३ जना कोरोना संक्रमित थपिए

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाका अनुसार गएको २४ घंटामा संक्रमणका कारण एक जनाको ज्यान गएको छ।

विराटनगरका तीन स्थानबाट स्वाब संकलन

नगर क्षेत्रभित्र कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि महानगरपालिकाले लक्षण देखिएकाहरूको सहज रुपमा परीक्षण गर्ने उद्देश्यले विभिन्न तीन स्थानबाट स्वाब संकलन थालेको हो।

कोरोना संक्रमितमध्ये ५० दशमलब ४६ प्रतिशत युवा

थपिएका नयाँ संक्रमितमध्ये ५० दशमलब ४६ प्रतिशत युवा उमेरका रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ भेरियन्टको कोरोना संक्रमणबाट ३० देखि ३९ वर्ष समूहका युवाहरु बढी संक्रमित भएका छन्।

मोरङमा ६ जना कोरोना संक्रमितको मृत्यु

मोरङमा कोरोना भाइरसको संक्रमणबाट छ जनाको मृत्यु भएको छ। मोरङको बेलबारीमा होम आइसोलेसनका १ जना, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ४ जना र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ जना गरि छ जनाको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।

के सत्ता अक्सिजन हो ?

हैन भने, कोरोनाको यत्रो महामारीमा किन सत्ताको लागि मरिहत्ते गरेको? बाग्मती किनारमा कोरोना संक्रमितको शव जलिरहँदा सरकार किन गण्डकीमा सांसदको किनबेचमा व्यस्त रहन्छ। राजधानी कोरोनाको सन्त्रासले मौन रहँदा सरकार किन लुम्बिनीको शान्त राजनीति बिथोल्न उद्धेलित रहन्छ।

रौतहटमा कोरोना संक्रमित बढ्दै, मास्क नलगाउनेलाई धमाधम कारबाही

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार गौर नगरपालिकामा ३७, चन्द्रपुर नगरपालिकामा ३३, गरुडा नगरपालिकामा १४, राजदेवी नगरपालिकामा १०, दुर्गा भगवती गाउँपालिकामा ९ तथा अन्य जिल्लाका ९ जना रहेका छन्।

बाँकेमा २४ घण्टाभित्र ११ संक्रमितको मृत्यु

बाँकेमा बितेको २४ घण्टाभित्र ११ जना संक्रमितको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० की ४४ वर्षीया महिलाको मृत्यु भएको छ।

प्रदेश २ मा थपिए ३६२ संक्रमित

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा १सय११, बारामा २६, रौतहटमा १५, सर्लाहीमा ११, महोत्तरीमा ५०, धनुषामा १सय१३, सिरहामा २५, सप्तरीमा ११ जना संक्रमित थपिएका छन्।

चिकित्सक भन्छन्ः बिरामी बेलैमा आए भुइँमा राखेर भएपनि उपचार गर्छाै

शारिरिक अवस्था कमजोर भएर अस्पताल पुगेका कतिपय व्यक्तिमा त कोरोना नै पुष्टि भएको हुँदैन, तर, अवस्था भने नाजुक भईसकेको हुन्छ । कठिन अवस्थामा अस्पताल पुगेका बिरामीलाई बचाउन धौधौ हुने गरेको चिकित्सक बताउँछन ।

'हेल्थ सिस्टम नै कोल्याप्स हुने अवस्था आउँदैछ'

प्रदेश २ मा दैनिक थपिँदै गएको कोरोना संक्रमितमध्ये आधा संक्रमित पर्सा जिल्लाकै हुन्छन् । यस प्रदेशमा रहेका २ हजार ५ सय ५२ सक्रिय संक्रमितमध्ये १ हजार ४२० सक्रिय संक्रमित पर्सामा छन् ।

शनिबार हालसम्मकै उच्च कोरोना संक्रमित, १९ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश २ मा थपिए २ सय ८७ संक्रमित

प्रदेश २ मा शुक्रबार २ सय ८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै सक्रिय संक्रमितको २ हजार ४६ पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्