१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश २ मा थपिए २ सय ८७ संक्रमित

प्रदेश २ मा शुक्रबार २ सय ८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै सक्रिय संक्रमितको २ हजार ४६ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा १३५, बारामा ३५, रौतहटमा १०, सर्लाहीमा ७, महोत्तरीमा १८, धनुषामा ४४, सप्तरीमा २७, सिरहामा १० जना संक्रमित थपिएका छन् ।

संक्रिय संक्रमित मध्ये १४२९ पुरुष र ६१७ महिला गरी २०४६ जना होम आइसोलेसनमा छन् । ६६ जना पुरुष र २४ जना महिला गरी ९० जना अस्पतालमा भर्ना छन् ।  

सबैभन्दा बढी पर्सामा १२५५, बारामा २५१, रौतहटमा १२३, सार्लाहीमा १६, महोत्तरीमा ८६, धनुषामा २८५, सिरहामा ४९ र सप्तरीमा ७१ जना सक्रिय संक्रमित छन् । संक्रमित बढी भएको पर्सा, बारा र धनुषा जिल्लालाई सरकारले शुक्रबार रेड जोनको सूचीमा रोखेको छ । पर्सामा बिहीबारबाट निषेधाज्ञा लागू गरिएको छ ।

प्रकाशित: १७ वैशाख २०७८ १५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App