आगामी फागुन २१ को निर्वाचनमा धादिङ-२ मा रास्वपाबाट उम्मेदवार बनेकी आशिका तामाङले पनि उम्मेदवारी फिर्ता लिएकी छिन्।
आयोग श्रोतका अनुसार शुक्रबार उनले उम्मेदवारी फिर्ताको घोषणा गरेकी हुन्। तर तामाङले सामाजिक सञ्जालमा आफूले उम्मेदवारी फिर्ता नलिएको दाबी गरेकी छिन्।
यो पनि पढ्नुहोस्
उम्मेदवारी फिर्ताको हल्लापछि आशिका : फिर्ता होइन, जितेर आउँछु
निर्वाचन आयोगले दिउँसो १ बजेसम्म उम्मेदवारका लागि नाम फिर्ता लिने समय निर्धारण गरेको थियो।
आजै दिउँसो १ बजेदेखि ३ बजेसम्ममा देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारीमा आयोग छ।
निर्वाचन आयोगका अनुसार आजै अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिँदैछ।
प्रकाशित: ९ माघ २०८२ १४:२९ शुक्रबार





