९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

बागी भूपेन्द्रजंगले उम्मेदवारी फिर्ता लिए

कालीकोटबाट स्वतन्त्र उम्मेदवारी दिएका भूपेन्द्रजंग शाहीले उम्मेदवारी फिर्ता लिएका छन्। माघ ६ गते कालीकोटबाट प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका शाहीले उम्मेदवारी फिर्ता लिएका हुन्।

नेपाली कांग्रेसका नेता हर्षबहादुर बमविरुद्ध ‘बागी’ उम्मेदवारी दिएका कांग्रेसका नेता भूपेन्द्रजंग शाही पछाडि हटेका छन्।

युवा नेता शाही यसअघि २०७० र २०७४ को प्रतिनिधिसभा चुनाव लडेका थिए। पार्टीको सहमति अनुसार उम्मेदवारी फिर्ता लिएको कांग्रेस निकट नेताहरूले बताएका छन्। 

नेता शाहीले नेपाली कांग्रेसका नेता हर्षबहादुर बमलाई सघाउने सहमति भएको छ।

प्रकाशित: ९ माघ २०८२ १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App