४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसको नयाँ नेतृत्वले अब देशको मुहार फेर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनबाट कांग्रेस नयाँ बनेको भन्दै कांग्रेसको नेतृत्वमा देशको मुहार फेर्ने अभियान सुरु भएको बताएका छन्।

विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठकका लागि पुगेका महामन्त्री पौडेलले बैठक निर्वाचन केन्द्रीत हुने बताएका हुन्।

बैठकले ठोस र ऐतिहासिक निर्णय गर्ने र देशभर नयाँ तरंग सिर्जना हुने दाबी गरे। ‘हामीले विशेष महाधिवेशनबाट नीति र नेतृत्व परिवर्तन गर्दै त्यसलाई नयाँ दिशामा अघि बढाउने घोषणा गरेका छौं,’ पौडेलले भने, ‘विशेष महाधिवेशनबाट कांग्रेस त नयाँ बन्यो, अब यो कांग्रेसको नेतृत्वमा देश नयाँ बनाउने हो।’

प्रकाशित: ९ माघ २०८२ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App