नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनलमाआज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स खेल्दै छन्।
यी दुई टोलीबीचको फाइनल प्रतिस्पर्धा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ः०० बजेदेखि सुरु हुनेछ। लुम्बिनी लगातार दोस्रो पटक उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो। उसले गत संस्करणमा सुदूरपश्चिमलाई हराएर उपाधि जितेको थियो।
सुदूरपश्चिम पहिलो पटक उपाधि जित्ने योजनामा छ। उसले पहिलो संस्करणमा जनकपुर बोल्ट्स र गत संस्करणको फाइनलमा लुम्बिनीसँग पराजय व्यहोरेको थियो।
हालसम्म एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमबीच पाँच खेलमा भेट भएको छ। जसमा लुम्बिनीले तीन र सुदूरपश्चिमले दुई खेलमा जित निकालेको छ।
प्रकाशित: ५ मंसिर २०८३ ०९:११ शनिबार





