२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पत्रकार महासंघ जुम्लाको हलमा ५ बेडको आइसोलेसन

नेपाल पत्रकार महासंघ जुम्लाले कोरोना संक्रमित पत्रकारहरुका लागि आइसोलेसन कक्ष निर्माण गरेको छ।

पत्रकार महासंघको हलमा ५ बेडको आइसोलेसन कक्ष बनेको हो। अहिलेसम्म यहाँ पत्रकार संक्रमित नभए पनि आगामी दिनमा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आइसोलेसन तयार पारिएको अध्यक्ष नेत्रबहादुर शाहीले जानकारी दिए।

महासंघले सदरमुकाम खलंगास्थित आफ्नै भवनमा ५ बेडको आइसोलेसन तयार गरेको हो।  अध्यक्ष शाहीले भने, ‘हालसम्म जुम्लामा कार्यरत स्थानीय तथा राष्ट्रिय स्तरमा काम गर्ने कुनै पत्रकाहरुलाई संक्रमण भएको छैन। तर संक्रमणको उच्च जोखिममा रहेका छन्। तत्कालका लागि ५ बेडको आइसोलेसन तयार पारिएको छ। आवश्यकताअनुसार आइसोलेसन बेड थप्ने तयारीसमेत भइरहेको छ।’

यहाँ कार्यरत अधिकांश पत्रकार कोठा भाडामा बस्छन्। संक्रमित भइहालेमा पनि भाडाकै कोठामा बस्न सम्भव छैन। अस्पतालले अक्सिजन दिनुपर्ने संक्रमितबाहेक अरुलाई भर्ना लिदैन। अध्यक्ष शाहीले थपे, ‘भर्ना नलिएका पत्रकार साथीहरु महासंघमा बनेको आइसोलेसनमा बस्नेछन्।’

महासंघकै भवनमा बनाइएको आइसोलेसनले पत्रकारहरुलाई राहत मिल्ने उनले बताए। महासंघको भवनमा आइसोलेसन बनाउनका लागि पेश नेपाल नाम गैरसरकारी संस्थाले आर्थिक सहयोग गरेको थियो।

पेश नेपालले ५ वटा फाईबर सिरक, १० वटा डस्ना, ५ वटा सिरानी, ३० मिटर पिपि फर्म ५ वटा तन्ना, ५ वटा बाटा, ५ वटा जग, ५ वटा गिलास ५वटा बाल्टीन र ५ वटा रुमाल गरी करिब ५० हजार बराबरको ९ प्रकारका सामाग्री उपलब्ध गराएको हो।

कोरोना महमारीबाट सुरक्षित रहन आइसोलेसन निर्माणका लागि थोरै भए पनि साथ दिने प्रयास गरेको पेश नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताए।

प्रकाशित: २८ वैशाख २०७८ १२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App