गण्डकी प्रदेशः बजेटमाथिको छलफलमा एमालेको अवरोध
एमालेको अवरोधले गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्ष एमालेले बजेटमा असन्तुष्टि जनाउँदै अवरोध गर्न खोजेपछि बजेटमाथि छलफल गर्न बसेको बैठक नै अवरुद्ध भएको हो।
एमालेको अवरोधले गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्ष एमालेले बजेटमा असन्तुष्टि जनाउँदै अवरोध गर्न खोजेपछि बजेटमाथि छलफल गर्न बसेको बैठक नै अवरुद्ध भएको हो।
अर्थमन्त्री शर्माले जेठ १५ गते संसद्मा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गरेका थिए। १४ गते राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर बजेट चुहाएको, करका दर हेरफेर गरेको, बजेटको गोपनीयता भंग गरेकोजस्ता आरोप उनीमाथि लागेका छन्।
आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएसँगै प्रतिनिधिसभाले धमाधम विधेयक पारित गर्ने तयारी गरेको छ। प्रतिनिधिसभाको बुधबार बस्ने बैठकले तीन विधेयक पारित गर्ने कार्यसुची तय गरेको छ।
नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
अर्थ मन्त्रालयले बजेट बनाउने बेलाका सीसीटिभी फुटेज मेटिएको जवाफ दिएपछि सामाजिक सञ्जालमा अर्थमन्त्री र मन्त्रालयको आलोचना सुरु भएको छ।
सन्धिखर्क नगरपालिकामा आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा सरोकारवालासँग राय-सुझाव सङ्कलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बागलुङ जिल्लाका १६ सानाठूला सडक योजनालाई संघीय सरकारका विभिन्न मन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि १८ करोड ६५ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्य राखेर बजेट ल्याएको बताएका छन्। गण्डकी प्रदेशका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको भोलिपल्ट पत्रकार सम्मेलन गरेर उनले प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्य राखेर कृषि केन्द्रीत बजेट ल्याएको बताए।
कर्णाली प्रदेश सरकारले अधुरा योजना सम्पन्न गर्ने गरी आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारले बजेटमा १३२ वटा क्रमागत योजना, अघिल्ला वर्षमा काम सुरु भएका तर बजेट अभावले पूरा हुन नसकेका योजनालाई प्राथमिकता दिएको छ।
सरकारले १६ वर्षदेखि अल्झिएको संक्रमणकालीन न्यायको पाटो टुंग्याउन ऐन संशोधन तयारी थालेको छ।
नेपालले बजेट पारदर्शिताको अंक १ सयमा ३९ नम्बर मात्र प्राप्त गरेको छ। बजेट पारदर्शितामा विश्वव्यापी औसत अंक १ सय मा ४५ नम्बर रहे पनि नेपालले औसत अंक पनि प्राप्त गर्न सकेन।
अर्थतन्त्रका मूल समस्यालाई बेवास्ता गर्दै निर्वाचनमुखी बजेट ल्याएका अर्थमन्त्री जनार्दन शर्मा अहिले करका दर परिवर्तन गरेका कारण विवादमा तानिएका छन्।
सरकारले लिने राजस्व नीति निजीक्षेत्र मैत्री हुनुपर्ने उद्योगी व्यवसायीले माग गरेका छन्। नेपाल राजस्व परामर्श समितिले आर्थिक वर्ष २०७९/०८० को राजस्व नीति तथा कर सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका अगुवाले यस्तो धारणा राखेका हुन्।
सरकारले बजेटमा सिमेन्ट निर्यात गर्न प्रोत्साहित गर्ने नीति लिएपछि उद्योगी उत्साहित भएका छन्। सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा सिमेन्ट निर्यात गरे ८ प्रतिशत प्रोत्साहन अनुदान दिने घोषणा गरेको छ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती तथा वनक्षेत्रमा वन्यजन्तुबाट भएको मानवीय र भौतिक क्षतिको राहत दिन बजेट अभाव भएको छ।