८ वैशाख २०८१ शनिबार
अर्थ

गण्डकी प्रदेशः बजेटमाथिको छलफलमा एमालेको अवरोध

एमालेको अवरोधले गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्ष एमालेले बजेटमा असन्तुष्टि जनाउँदै अवरोध गर्न खोजेपछि बजेटमाथि छलफल गर्न बसेको बैठक नै अवरुद्ध भएको हो।

मध्यकालिन बजेट खर्च संरचना नल्याएको, तोकेभन्दा बढी आन्तरिक ऋण उल्लेख गरेको र पूर्वाधार विकास बजेटबारे यथार्थ जानकारी नदिएको भन्दै एमालेले बैठक अवरुद्ध गरेको थियो। बैठक सुरु हुने बित्तिकै एमालेका प्रदेशसभा सदस्यहरु उठेर विरोधमा उत्रिएका थिए।  

एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले संविधान, कानुन र मूल्य मान्यता विपरित प्रदेश सरकारले बजेट ल्याएकोले अवरोध गर्नुपरेको बताए। राष्ट्रिय प्राकृतिक श्रोत वित्त आयोगले बजेटको १२ प्रतिशत भन्दा बढी ऋण लिन नपाउने सिमा तोकेपनि प्रदेश सरकारले त्यो भन्दा बढी ऋण लिने भन्दै बजेटमा उल्लेख गरेको मायानाथ अधिकारीले आरोप लगाए। 

उनका अनुसार तोकिएको भन्दा झन्डै २८ करोड रुपैयाँ बढी ऋणलिने बजेटमा उल्लेख छ। त्यो ऋण कहाँबाट कसरी लिने र कुन योजना काट्ने भन्ने प्रश्न गरेको उनले बताए। गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री रामजीप्रसाद बरालले ३५ अर्ब ९० करोढ ९० लाख रुपैयाँको बजेट ल्याएका थिए।

प्रकाशित: २४ असार २०७९ ०८:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App