४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

१२ मिनेटमै कोरोना रिपोर्ट दिने उपकरण आउँदै

त्यसका लागि स्वास्थ्य उपकरण बनाउने कम्पनी लुमिराडिएक्ससँग सम्झौता भइसकेको स्कटल्यान्ड सरकारले जनाएको छ ।

एकसातासम्म पनि पिसिआर रिपोर्ट नपाउँदा चिन्तित

हेटौंडा उपमहानगरपालिका –६ का प्रदीप ढुङ्गानाले कोरोना परीक्षण (कोभिड–१९) का लागि स्वाब दिएको एक साता हुन लाग्यो तर रिपोर्ट आएको छैन्। आफ्नै ठाउँमा स्वाब परीक्षण हुने भएपनि रिपोर्ट आउन आउन ढिला हुदाँ चिन्तित देखिन्छन्।

कर्णालीमा रात्रि प्रवेशमा रोकः पिसिआर रिपोर्ट अनिवार्य

कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ।

मृतकको दुई प्रकारको कोरोना रिपोर्ट : कोसीमा पोजेटिभ र प्रदेशमा नेगेटिभ

बिहीबार स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल पुगेका विराटनगरका एक व्यक्तिको कोरोना भाइरस कोभिड १९ को रिपोर्ट फरक आएको छ । २४ घण्टाको फरकमा एक व्यक्तिको ‘पोजेटिभ र नेगेटिभ’ रिपोर्ट आएपछि शव व्यवस्थापनमा ठूलो समस्या सिर्जना भएको थियो ।

राष्ट्र बैंकको अनुसन्धान रिपोर्ट: पुरानो लयमा फर्कन नौ महिना लाग्ने

स्वास्थ्य तथा सामाजिक कार्यसँग सम्बन्धित क्षेत्र साढे पाँच महिनापछि र सञ्चार क्षेत्र पाँच महिनामा सामान्य अवस्थामा फर्कन सक्ने राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ।

कर्णाली प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य

कर्णाली प्रदेश सरकारले प्रदेश भित्रिने नागरिकहरुको अनिवार्य पोलिमेरीज चेन रियाक्सन (पीसीआर) गर्ने तयारी थालेको छ। छिमेकका सुदूरपश्चिम र ५ नम्बर प्रदेशमा कोरोना संक्रमण बढ्दै जान थालेपछि प्रदेश भित्रिने नागरिकहरुको नाकामा अनिवार्य पीसीआर परीक्षण गर्ने तयारी सरकारले गरेको हो।

एक जना सुरक्षाकर्मी सहित १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा एक जना सुरक्षाकर्मी सहित १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न देशबाट फर्किएपछि क्वारेन्टिनमा राखिएका ११ जना र एक जना सुरक्षाकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

जब संक्रमित रिपोर्ट माग्दै महानगर पुगे...

प्रदेश र स्थानीय सरकारको लापरवाहीका कारण प्रदेश १ मा कोरोना संक्रमण समुदायसम्मै विस्तार भएको छ ।

१६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

विदेशबाट फर्किएका खोटाङको ऐसेलुखर्क गाउँपालिकाका १६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न देशबाट घर फर्किएपछि होम क्वारेन्टीनमा राखिएको अवस्थामा पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर काठमाडौं पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।

ताप्लेजुङका थप २० जनाको पीसीआर रिपोर्ट नेगेटिभ

ताप्लेजुङबाट पठाइएको २० जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टिन सुरक्षामा खटिएका ४ सुरक्षाकर्मीसहित २० जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

ताप्लेजुङमा भेटिएका पहिलो कोरोना संक्रमित निको भएर फर्किए

ताप्लेजुङमा भेटिएका पहिलो कोरोना संक्रमितले कोरानालाई जितेका छन् । मोरङको गोठगाउँस्थित कोभिड–१९ उपचार केन्द्रमा रहेका उनको दुई पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उपचार केन्द्रबाट डिस्चार्ज गरिएको छ ।

ताप्लेजुङका ३५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

ताप्लेजुङबाट पठाइएको ३५ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित २ जनासंगै सम्भावित सम्पर्कमा रहेका, क्वारेन्टिनमा बसेका र जिल्ला अस्पतालको फिबर क्लिनिकमा उपचारार्थ भर्ना भएका ३१ पुरुष र ४ महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।

संक्रमितको ‘क्लोज कन्ट्याक्ट’मा पुगेका व्यक्तीको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङमा कोरोना संक्रमित महिलासँगको सम्पर्कमा पुगेका २१ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कोरोनाबाट संक्रमित ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी ३० वर्षीय महिलाको ‘क्लोज कन्ट्याक्ट’मा पुगेका स्थानीयको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । कुबेतबाट आएकी संक्रमित महिलासँगको सम्पर्कमा पुगेका अन्य स्थानीयको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि गाउँमा त्रास हटेको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।

नेपाल एयरलाइन्सका सात पाइलटलाई कोरोना संक्रमण

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स कर्पाेरेसन) का सात पाइलटलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका सात सदस्यको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको निगमले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्