coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

एक जना सुरक्षाकर्मी सहित १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा एक जना सुरक्षाकर्मी सहित १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न देशबाट फर्किएपछि क्वारेन्टीनमा राखिएका ११ जना र एक जना सुरक्षाकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।  

हलेसीस्थित क्वारेन्टिनमा राखिएका उनीहरूको स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा पठाइएको थियो । पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई क्वारेन्टिनबाट घर पठाइएकाे नगरपालिकाले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिकामा फेला परेका चार जना कोरोना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

प्रकाशित: १४ श्रावण २०७७ ०४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App