७ वैशाख २०८१ शुक्रबार
समाज

संक्रमितको ‘क्लोज कन्ट्याक्ट’मा पुगेका व्यक्तीको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङमा कोरोना संक्रमित महिलासँगको सम्पर्कमा पुगेका २१ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कोरोनाबाट संक्रमित ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी ३० वर्षीय महिलाको ‘क्लोज कन्ट्याक्ट’मा पुगेका स्थानीयको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । कुबेतबाट आएकी संक्रमित महिलासँगको सम्पर्कमा पुगेका अन्य स्थानीयको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि गाउँमा त्रास हटेको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।  

कुबेतबाट घर जानेक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गरेको पिसिआर परिक्षणकाक्रममा उनलाई संक्रमण पूष्टी भएको थियो । उनको धरानमा उपचार भइरहेको छ । उनको ‘क्लोज कन्ट्याक्ट’मा पुगेका स्थानीयको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको थियो ।

प्रकाशित: २४ असार २०७७ ०५:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App